बैशाख १, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको ८० प्रतिशत तयारी पूरा भईसक्यो: यादव

२०७४, १ बैशाख शुक्रबार १४:५६

बैशाख १, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शंका उपशंका नगर्न सबैसँग आग्रह गर्नुभएको छ । 

नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी स्थानीय तहको चुनावमा सहभागी हुन सबै पक्षलाई आह्वान गर्नुभयो । 

स्थानीय तहको निर्वाचनपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि आउने बताउँदै प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘हामी संविधान र कानुनका आधारमा निर्वाचनको प्रक्रिया अघि बढाउँछौँ, संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध छ ।’ 

मतदाता परिचयपत्र, मतदाता नामावली, मतपत्र र मतपेटिकाको छपाई र व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सबैको एउटै भावना भएकाले छोटो अवधिमै पनि तयारीको काम ८० प्रतिशत पूरा भइसकेको छ, भन्नुभयो । 

आयुक्त ईला शर्माले निर्वाचनमा महिला, मधेसी र युवाको बढीभन्दा बढी सहभागिता होस् भनी शुभकामना व्यक्त गर्नुभयो । आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपालको इतिहासमा ऐतिहासिक रुपमा रहने स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 

आयुक्त सुधीरकुमार शाहले नयाँ वर्षले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि हुने निर्वाचनमा सहभागी हुने सबैमा हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचको राष्ट्रिय महोल बनिरहेको जनाएको छ । 

आयोगस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहितका साथ प्रतीक्षामा रहेको बताउनुभयो । 

मुलुकभरका ७ सय ४४ स्थानीय तहको आगामी निर्वाचनका लागि ८४ हजार मतपेटिका आवश्यकता रहेकामा खरिद गरिएकोे ३० हजार मतपेटिका अबको तीन दिनभित्रै सबै प्राप्त भइसक्ने पनि आयोगले जनाएको छ । 

स्थानीय तहको निर्वाचनका लागि २१ हजार मतदान केन्द्र मतदान रहने जनाउँदै आयोगले बिहीबार बेलुकासम्म करिब एक करोड १७ लाख ८१ हजार छापिसकेको जनाएको छ । आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम भएका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्रमार्फत उठाएका मागलाई स्थानीय चुनावको चटारोले गर्दा अहिले सम्बोधन गर्न नसकिए पनि निर्वाचन पछि तुरुन्तै यस विषयमा छलफल हुने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यकपर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको जानकारी दिनुभयो । 

यही वैशाख ३ गतेबाट निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउन जनाउँदै उहाँले मधेसलगायत समग्र मुलुकमा निर्वाचनका काम सहजरुपमा भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ