३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चालाई पुनर्विचार गर्न सत्तारुढ दलको आग्रह

२ बैशाख २०७४, शनिबार ०२:०५

बैशाख २, काठमाडौं । सत्तारूढ दलले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको बैठकले यस्तो आग्रह गरेको छ ।

मोर्चालाई सहमतिमा ल्याउन उसैको परामर्शमा संसदमा रहेको विधेयक फिर्ता गरी नयाँ विधेयक ल्याए पनि त्यसलाई स्वीकार नगरेर मोर्चाले धोका दिएको सत्ता घटकको विश्लेषण छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा मोर्चा किन सत्ता घटकसँग दूरी बढाउने मनस्थितिमा पुग्यो भनी आफूले बुझ्न नसकेको बताएका थिए ।

‘मोर्चाको माग सम्बोधन गर्न हामीले उनीहरूकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौं तर त्यसलाई अस्वीकार गरी गम्भीर भूल गरेका छन् भन्ने बैठकको निष्कर्ष रह्यो,’ बैठकपछि काठमाडौंको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘अझै पनि मोर्चाले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्छ, त्यसका लागि हामी अन्तिम समयसम्म पहल गर्छौं ।’ तीनै सत्ता घटक दलले कुनै पनि बहानामा स्थानीय चुनाव सार्न नसकिने पनि दोहोर्‍याएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष थापा सहभागी थिए । शुक्रबारै बसेको सत्तारूढ माओवादी केन्द्र बैठकले मोर्चालाई सहमतिबाटै संविधान संशोधन र तीनै तहको चुनावमा सहभागी हुन आग्रह गरेको छ । 

बालुवाटारमा बसेको उक्त बैठकले मोर्चासँग वार्ता जारी राख्न सरकारलाई सुझाएको छ । प्रधानमन्त्री दाहालले मोर्चा नेतालाई टेलिफोन गर्दै सहमतिमा आउन जोड गरिरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड