१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा चुनावी सरगर्मी बढ्यो

३ बैशाख २०७४, आईतवार ०७:३३

बैशाख ३, दाङ । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ । 

अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा आ–आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्नका लागि विभिन्न दलले बैठक, भेला, सभा लगायतका कार्यक्रम गरिरहेका छन् । 

यसैबीच जिल्लाको सबैभन्दा पुरानो नगर सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा यतिखेर चुनावी सरगर्मी बढेको छ । सो उपमहनगरपालिकामा आफ्नो दलको वर्चस्व कायम राख्न प्रमुख तीन दलसहित साना दललेसमेत दौडधूप गरेपनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्रिभुननगरलाई २०६२/६३ को आन्दोलन पछि घोराही नगरपालिका बनाइएकामा गतवर्ष त्रिपुर नगरपालिका, रामपुर गाविस, धर्ना सौडियार सैघा गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा गरिएको हो । सो उपमहानगरपालिकामा एक लाख ५६ हजार १६४ जनसङ्ख्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का