३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

उम्मेदवार चयनमा व्यस्त नवलपरासीका राजनीतिक दल

३ बैशाख २०७४, आईतवार ०७:५६

बैशाख ३, नवलपरासी । राजनीतिक दल यतिबेला स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनमा व्यस्त छन् । मधेस केन्द्रित दलबाहेक अरू सबै दल यतिबेला उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका हुन् । 

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात वटा नगरपालिका र आठ वटा गाउँपालिका छ । गाउँपालिका वा नगरपालिकामा चयन हुने प्रमुख उपप्रमुख, सदस्य, महिला सदस्य, समावेशी सदस्य लगायतका सम्भावित उम्मेदवार छनौट गर्न लागिपरेका छन् । 

विशेषगरी जिल्लाका शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतले पार्टीभित्र लोकप्रिय र निर्वाचन जित्न सक्ने सम्भावित उम्मेदवार छनौटमा लगिपरेको पाइन्छ । 

सम्बद्ध दलले यतिबेला गाउँ वा नगरबाट सम्भावित उम्मेदवारको नामावली सङ्कलन गरी क्षेत्रमा पठाइसकेका छन् भने कुन उम्मेदवारले चुनाव जित्न सक्छ भन्ने योजनासाथ क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पठाउने अन्तिम तयारीमा रहेको बताइएको छ । 

१५ वटा स्थानीय तह निर्धारण गरिएको नवलपरासीमा विशेष गरी नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिने अवस्था छ । यद्यपि आफ्ना जायज माग पूरा गरी संविधान संशोधन गरे मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने मधेसी मार्चाको अडान कायमै छ । तर मधेसी मोर्चाले पनि आफ्नो चुुवानी अभियान बाहिर नदेखाए पनि आन्तरिक रुपमा तयारी गरिरहेको छ । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता रहेकामा आठजना तेस्रोलिङ्गी छन् । 

यस जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन