बैशाख ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दु"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी आज भारत भ्रमणमा जाँदै

४ बैशाख २०७४, सोमबार ०१:२७

बैशाख ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण गर्न लाग्नुभएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै बिदाको निर्णय गरेको थियो ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसद लगायत रहनुभएको छ । भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी हुनु हुनेछ । 

राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।

गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले २०६६ फागुन ३ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुभएको थियो । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । त्यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपाल भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन