२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

२०७४, ५ बैशाख मंगलवार ०७:५७

बैशाख ५, मुस्ताङ | पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२÷०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व विष्टलाई सम्मान दिँदै आएका थिए । 

यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष चुनिनुभएका २५ वर्षसम्म पूर्व राजा विष्टको सल्लाहकार रहनुभएका इन्द्रधारा विष्ट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लाग्नुभएको हो । मुस्ताङी राजाको सांस्कृतिक विरासतलाई जीवित राख्न, कोरला नाकाको दीर्घकालीन सञ्चालन, उपल्लो मुस्ताङमा पर्यटन र शिक्षाको विकासका लागि उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । “उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ”, उहाँले भन्नुभयो, “जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल विष्टलाई सांस्कृतिक राजा घोषणा गर्ने योजना छ ।” 

उपल्लो मुस्ताङमा राजसंस्था र पर्यटन एकापसमा जोडिएकाले त्यसलाई जोगाइराख्नुपर्ने उहाँको तर्क छ । लोमान्थाङ क्षेत्रमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । 

स्थानीय तहको पुनःसंरचनाअनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ । यो गाउँपालिकामा एक हजार ३०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार