सिबी अधिकारी | बैशाख ५, काठमाडौँ | मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिबी अधिकारी | बैशाख ५, काठमाडौँ | मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि सं"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि बाह्रबुँदे निर्देशन

५ बैशाख २०७४, मंगलवार १३:३६

सिबी अधिकारी | बैशाख ५, काठमाडौँ | मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष चासो देखाएको छ । 

पर्यटनमन्त्री दिलनाथ गिरीले आज विमानस्थलको स्थलगत अवलोकन गरी सेवा, गुणस्तर र व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन तथा मध्यकालीन सुधारका बाह्रबुँदे निर्देशन दिनुभयो । मन्त्री गिरीले विश्वकै पर्यटकीय आकर्षक गन्तव्य नेपाल अपार सम्भावना भए पनि उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन हुन नसक्दा पर्यटन क्षेत्रले गति लिन नसकेको बताउँदै नेपाल आउने पर्यटकको पहिलो छाप नै विमानस्थलमा पर्ने भएकाले सबै सेवालाई गुणस्तर र प्रभावकारी तुल्याउन आग्रह गर्नुभयो । 

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सेवा तथा भौतिक पूर्वाधार तथा यात्रुको अवस्थाबारे जानकारी लिनुभएका मन्त्री गिरीले विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाई अन्तर्राष्ट्रिय जगत्मा राम्रो सन्देश जाने गरी सबैखाले व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । विमानस्थलको निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री गिरीले विमानस्थल सुधारका लागि बाह्रबुँदे अवधारणासहितको निर्देशन दिँदै तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

हाल विमानस्थलको धावनमार्गको सुधारका लागि बोलपत्र आह्वान प्रक्रिया सुरु भएको र रात्रिकालीन अवस्थामा काम गर्नुपर्ने भएकाले उक्त काम सुरु नहुँदासम्मका लागि वायु सेवा कम्पनीले माग गरेअनुसार रात्रिकालीन सेवा विस्तार गर्न र विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन निर्देशन दिइएको छ । विमानस्थलमा यात्रुको सहज आवागमनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल वायुसेवा निगमको सहकार्यमा स्वयंसेवक परिचालन गर्न, विमानस्थलको विभिन्न संस्थासँग बाँकी रहेको बक्यौता रकम उठाउन, अव्यवस्थित विज्ञापन पाटी हटाई नेपालको पर्यटकीय, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन गर्ने यात्रुलाई आगमन प्रवेशाज्ञा शुल्क बुझाउने काम सहज बनाउन र आन्तरिक वायुसेवा कम्पनीको वायुयानको रात्रिकालीन पार्किङ व्यवस्था मिलाउन आग्रह गरिएको छ । अल्पकालीन तथा मध्यकालीन सुधारका लागि त्रिअविको आन्तरिक पार्किङ अत्यन्त साँघुरो भएकाले उडान सुरक्षामा असर परेको स्थितिमा हाल धावनमार्गको पूर्वतर्फ रहेको हेलिप्याडलाई सोही स्थानको दक्षिणमा पार्किङ व्यवस्थापन गर्न मन्त्री गिरीले विमानस्थलको ध्यानाकर्षण गराउनुभयो । 

विमानस्थलको चापलाई ध्यानमा राखी आन्तरिक वायुयानलाई व्यवस्थापन गर्न काभ्रेपलाञ्चोकको ठलीचौरमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन तत्कालै सुरु गर्न तथा हालको उडान तालिकालाई निश्चित र निर्धारित समयमा गर्न, विमानस्थलको ट्याक्सी व्यवस्थापन र नेपाल वायु सेवाको उडान सधँै विलम्ब र रद्द हुने गुनासो बढेकाले बेलैमा समाधान खोज्न निर्देशन गरिएको छ । 

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले विमानस्थलको क्षमता कम भएको र उडान सङ्ख्या बढिरहेकाले विमानस्थल अस्तव्यस्त बन्दै गएको बताउँदै विमानस्थलमा शौचालय सुधार, ट्रली व्यवस्थापन, यात्रुको सुरक्षामा विशेष सतर्कता, पार्किङ विस्तारलगायत काम भइरहेको जानकारी दिनुभयो । 

विमानस्थल साँघुरो हुँदा उडानको अत्यधिक चाप हुने गरेको, कतिपय विमान आकाशमै रहने, उडान तालिका परिवर्तन र उडान रद्दसम्म गर्नुपर्ने हालको अवस्थालाई सुधार गर्न वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिनुपर्ने सबैको चासो छ । विमानस्थलका अनुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक (हेलिकोप्टरसहित) तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ । 

आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले जसले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताउनुभयो । राजस्वको हिसाबले महत्वपूर्ण मानिने त्रिअविको आम्दानी अघिल्लो वर्षको तुलनामा केही घटेको छ । आव २०७१÷७२ करिब रु छ अर्ब ६० करोड आम्दानी भएकामा आव २०७२÷७३ करिब रु छ अर्ब ३७ करोड आम्दानी भएको छ । चालु आवमा उडान बढी भएकाले अझ वृद्धि हुने प्रक्षेपण गरिएको छ । आफ्ना साझेदार कम्पनी नेपाल वायुसेवा निगम, भन्सार कार्यालय, नेकोन एअर र कस्मिक एअरसँग करिब रु दुई अर्ब बाँकी बक्यौता रहेको त्रिअविले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)