२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खरीमा पैसा बाँडेर वडा अध्यक्ष जित्ने यस्तो रणनीति

२०७४, ५ बैशाख मंगलवार १४:५०

बैशाख ५, धादिङ्ग | धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मतदाता रहेको वार्ड नम्बर ५ (साविकको खरी गाविस) मा दलित सहित केहिलाई पैसाको लोभ देखाई निर्वाचन जित्ने गोप्य रणनीति लिईएको खुलेको छ | 

स्रोतबाट प्राप्त जानकारी अनुसार यहाँका मुख्य दलहरुले बराबरी टक्कर हुने देखेपछी आफुलाई जिताउन त्यहाँ स्थित दलितलाई लक्षित गर्दै पैसा पेलेरै भएपनि चुनाव जित्ने रणनीति लिएको खुलेको हो | उता दलित तर्फका केहि व्यक्तिहरु समेत पैसाको बार्गेनिङ्ग गर्नमा व्यस्त देखिएका छन् | निर्वाचन जित्न आफ्नो मत निर्णायक भएपछी केहि दलित मतदाताहरुले पैसा दिनेलाई मत हाल्ने सम्भावना रहेको गाउँ स्तरकै एक जना उम्मेद्वारले बताए | उनका अनुसार केहि दलितहरुले अहिलेदेखिनै आफ्नो मतको लागि पैसाको प्रस्ताव राखिसकेको खुलाए | 

उनले भने 'केहि दिन अघि एउटा पार्टीमा प्रवेश गर्ने केहि दलित मतदाताहरु अहिले फेरी अर्को दलमा प्रवेश गर्न थालेका छन्, यो पैसाकै खेल हो | जसले मोटो रकम दिन सक्छ उसलाई भोट हाल्ने सहमति गर्दै हिडेका छन् | चुनावसम्ममा उनीहरुले क-कसको सदस्यता लिन्छन् भन्न सकिन्न |' उनले भने 'आजैदेखि बिभिन्न प्रलोभनमा परि यता र उता लाग्ने मतदाताहरु निर्वाचनको दिनसम्म कता पुग्छन भन्न सकिन्न |' उनले थप खुलासा गर्दै भने 'यसरी पैसाको पछी लाग्ने दलित ठुलो संस्ख्यामा नभएपनि उनीहरुको कारण निर्वाचनमा ठुलै हलचल हुन सक्छ |' खरीमा जुनसुकै निर्वाचनमा दलितको मतले ठुलो भूमिका खेल्छ, अरुमा भन्दा कम राजनीतिक चेतना, रक्सि तथा भोजमा बिक्ने र मतदानमा आत्मनिर्णय लिन नसक्ने दलितहरु बिभिन्न प्रलोभनमा बिक्ने गरेका छन् |  

एक स्रोतको अनुसार साविकको गाविस खरी (हालको वार्ड नम्बर ५) मा मुख्य दलले नै पैसाको बलमा उम्मेद्वार छनोट गरेको आरोप लगाइएको छ | जसले निर्वाचनमा १०-१५ लाख खर्च गर्न सक्छ उसले चुनाव जित्ने सम्भावना रहेको भन्दै पैसा हुनेलाई वडा अध्यक्षको उम्मेद्वार बनाइएको छ | ज्वालामुखी गाउँपालिकामै सबैभन्दा बढी मतदाता भएको कारण बिभिन्न ठुला दलले समेत खरीमा अन्यत्र भन्दा बढी चासो दिएका छन् | गाउँपालिकाको प्रमुख सहित अन्य उम्मेदवारको जितको लागि पनि धेरै मतदाता भएको ठाउँले ठुलो अर्थ राख्ने हुँदा खरीमा चलखेल हुने निश्चित छ | 

यता निर्वाचनमा जित्नको लागि पैसा खर्चिनेहरुले भोली गाउँ बिकासमा कस्तो भूमिका खेल्छन ? भन्नेहरु पनि छन् | निर्वाचनका लागि वडा अध्यक्ष पदमै १०/१५ लाख भन्दा बढी पैसा खर्च गर्न तयार हुनेले निर्वाचन पछी उक्त पैसा उठाउन कति भ्रष्ट्राचार गर्छ भन्ने बारे भने कसैको चासो छैन | निर्वाचन नजिकिदै गर्दा पैसाको बलमा कार्यकर्ता बटुलेर अनावश्यक खर्च गर्दा त्यसले निर्वाचन त जितिएला तर सिंगो गाउँको बिकासलाई कति घाटा हुन्छ भन्ने हेक्का मतदाताले राख्न जरुरी छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार