२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीबाट ६८९ प्रतिनिधि निर्वाचित हुने

२०७४, ६ बैशाख बुधबार ०१:३९

बैशाख ६, कैलाली | स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा १४ तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा १२ जना प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । 

वडाध्यक्षमा १ सय २६ जना प्रतिनिधि छानिने छन् भने १३ वटा स्थानीय तहका १ सय २६ वडाबाट ५ सय ४ सदस्यका लागि बिभिन्न राजनितीक दलहरुबीच प्रतिस्पर्धा हुनेछ । 

स्थानीय तहको निर्वाचनबाट २ सय ५२ महिला प्रतिनिधि चुनिने छन् र २ सय ५२ खुल्लाबाट प्रतिनिधि छानिने छन् । क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख मोहन प्रसाद अर्यालका अनुसार १ उपमहानगरपालिका र ६ नगरपालिकाबाट ३ जनाका दरले २१ र ६ गाउँपालिकाबाट २ जनाका दरले १२ गरी ३३ दलित तथा अल्पसङ्ख्यक सदस्य छानिने छन् । 

गोदावरी नगरपालिकामा ४० हजार १ सय ४५, लम्की चुहा नगरपालिकामा ३९ हजार २ सय ३५, घोडाघोडी नगरपालिकामा ३९ हजार ६ सय ८१, टीकापुर नगरपालिकामा ३९ हजार १ सय ९२ गौरीगंगा नगरपालिकामा २८ हजार ४ सय ७९ र भजनी नगरपालिकामा २६ हजार ९ सय ५२ मतदाता रहेका छन् । 

वर्दगोरिया गाउँपालिकाबाट १५ हजार ७ सय, मोहन्याल गाउँपालिकाबाट ९ हजार २ सय १७, कैलारी गाउँपालिकाबाट २९ हजार ९ सय ८७, चुरे गाउँपालिकाबाट ९ हजार ७ सय ४६, जानकी गाउँपालिकाबाट २७ हजार ४ सय ५८ र जोशिपुर गाउँपालिकाबाट १९ हजार ३ सय ५५ जनाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने छन् । 

प्रतिनिधि छनोटका लागि कैलालीका ४ लाख ३ हजार २ सय ८० जनाले मतदान गर्नेछन् । धनगढी उपमहानगरपालिकामा मात्रै ७३ हजार ८ सय ११ मतदाता रहेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार