वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित मितिमै चुनाव गर्ने ५ दलको प्रतिबद्धता

६ बैशाख २०७४, बुधबार ०७:०१


वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तथा प्रतिपक्ष दलहरुको बैठकले ३१ गते नै चुनाव गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकले बैशाख ३१ को निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । 

त्यस्तै मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउन प्रमुख पाँच दल सहमत देखिएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयमा भएको नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय भएको हो ।

माओवादी केन्द्रका नेता समेत रहेका उर्जामन्त्री जनार्दन शर्माले पनि मोर्चा समेत सहभागी हुने भए दुई चरणमा चुनाव गर्न सकिनेबारे दलहरुबिच कुरा भएको जानकारी दिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावमा सबै दल सहभागी हुने र मोर्चा आउने ग्यारेन्टी भएमा दुई चरणमा गर्न सकिनेबारे छलफल भएको  जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल', नेता वर्षामान पुन ‘अनन्त', फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’