वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित मितिमै चुनाव गर्ने ५ दलको प्रतिबद्धता

२०७४, ६ बैशाख बुधबार ०७:०१


वैशाख ६, काठमाडौं । प्रमुख पाँच राजनीतिक दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तथा प्रतिपक्ष दलहरुको बैठकले ३१ गते नै चुनाव गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकले बैशाख ३१ को निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । 

त्यस्तै मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउन प्रमुख पाँच दल सहमत देखिएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयमा भएको नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय भएको हो ।

माओवादी केन्द्रका नेता समेत रहेका उर्जामन्त्री जनार्दन शर्माले पनि मोर्चा समेत सहभागी हुने भए दुई चरणमा चुनाव गर्न सकिनेबारे दलहरुबिच कुरा भएको जानकारी दिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावमा सबै दल सहभागी हुने र मोर्चा आउने ग्यारेन्टी भएमा दुई चरणमा गर्न सकिनेबारे छलफल भएको  जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल', नेता वर्षामान पुन ‘अनन्त', फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने