३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुक्क भएर काम गर्नुस, सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ: यादव

६ बैशाख २०७४, बुधबार ०७:३२

बैशाख ६, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई आज उहाँले सो निर्देशन दिनुभएको हो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुस्, आयोग तपाईहरुको साथमा छ ।” 

निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोगको तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्– उहाँले भन्नुभयो । 

‘‘संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको २०७४ वैशाख ३१ गते आइतबार हुने ७४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्न्ु भनेको राष्ट्रको लागि ठूलो योगदान हो” – प्रमुख निर्वाच आयुक्त यादवले भन्नुभयो । 

आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्रलाई संस्थागत र स्थानीय तहलाई बलियो बनाउन हुन लागेको निर्वाचनको महाअभियानको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भनेको हाम्रा लागि ठूलो अवसर हो भन्ने ढङ्गबाट कर्तव्य पूरा गर्न आवश्यक रहेको बताउनुभयो । 

आयोगका सहसचिव नवराज ढकालले सिँहदरबारको अधिकारलाई टोलटोलमा पु¥याउने उत्सवको रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको बताउनुभयो । 

विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित उक्त एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ । 

उक्त प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषयमा प्रशिक्षण दिइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’