बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन: प्रधानमन्त्री

७ बैशाख २०७४, बिहीबार १२:५५

बैशाख ७, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । 

स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग (वाइसिएल नेपाल)र अनेरास्ववियु (क्रान्तिकारी) झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट गर्नुभयो । 

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले भन्नुभयो, “चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन चाहेका छैनन् । चुनावी परिणामका कारण निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाइ थियो । 

बीस वर्षपछि इतिहासमा नै पहिलो पटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँ गाउँमा सिहंदरबार पु¥याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो–“मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्विकार गर्नुले म आफँैं चकित भएको छु ।” मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उहाँले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गर्नुभएको छ । 

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुन्छ भन्नुभयो । “लामो समयको सङ्घर्षपछि उत्पीडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन्, कुनै पनि हालतमा अब निर्वाचन हुन्छ, तपाईँहरू ढुक्क हुनुहोस्”, उहाँले भन्नुभयो । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो । माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाउनुभयो । 

वाइसिएल झापाका जिल्ला संयोजक डम्मर पुलामी कर्माको सभापतित्वमा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, माओवादी केन्द्रकी नेत्री धर्मशिला चापागार्इँ, सांसद जेबी टुहुरे, वाइसिएल महासचिव दीपशीखा अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले पनि बोल्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’