अनिल अधिकारी | एक त राष्ट्रिय गौरवको आयोजनामा अवरोध, अर्को हजारौं प्रभावित जनताको अन्यौलतामा अझै अन्यौलता ! जनताले आदरणीय कांग्रेस नेता तथा परराष्ट्रमन्त्री प्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | एक त राष्ट्रिय गौरवको आयोजनामा अवरोध, अर्को हजारौं प्रभावित जनताको अन्यौलतामा अझै अन्यौलता ! जनताले आदरणीय कांग्रेस नेता तथा परराष्ट्रमन्त्री प्रक"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकी जलबिद्युत आयोजना किन रोकियो ?

७ बैशाख २०७४, बिहीबार २०:१३

अनिल अधिकारी | एक त राष्ट्रिय गौरवको आयोजनामा अवरोध, अर्को हजारौं प्रभावित जनताको अन्यौलतामा अझै अन्यौलता ! जनताले आदरणीय कांग्रेस नेता तथा परराष्ट्रमन्त्री प्रकाश शरण महत ज्युलाई सिधा प्रश्न गर्ने अधिकार छ कि तीन महिना देखि पाँच पटकसम्म कांग्रेसले कुन अर्थमा राष्ट्रिय गौरवको आयोजनामा अवरोध गर्दैछ ? 

१२ सय मेगावाट क्षेमतामा निर्माण हुन लागेको बुढीगण्डकी जलविद्युत् आयोजनाको लागि कम्पनी मोडल प्रस्ताव गरिनु तपाइँ र तपाइको पार्टीलाई के कारण ठीक छैन जस्तो लाग्यो ? कि यो बिषयको चित्त बुझ्दो जवाफ दिनुस अन्यथा बिकास बिरोधि नेताको अग्रपंक्तिमा तपाइको फोटो राखेर जनताले तपाईमाथी खबरदारी गर्नेछन । देश बिकासमा फड्को मार्नको लागि जतिसक्दो छिटो बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको लागि बाटो खोल्नुपर्नेमा यो वा त्यो बहानामा  सल्लाह गर्नुपर्छ भन्दै अड्काईरहने अधिकार तपाईलाई कसले दियो ?  तपाइले भन्नु भएझैँ यसको बिषयमा सल्लाह चाही कहिले गर्नुहुन्छ ? सल्लाह के बिषयमा गर्न खोज्दैहुनुहुन्छ ? सल्लाह गर्न कति समय लगाउनु हुन्छ ? 

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यु, यदी बुढीगण्डकी आयोजनाको काममा क-कसले के-के स्वार्थ राखेका छन्, त्यो मध्ये आफ्नो भाग पाउनुभएन कि ? वा साच्चै कम्पनी मोडलमा लाँदा देशलाई घाटा हुने भएरै तपाइले आयोजनाको कामलाई रोक्दै हुनुहुन्छ, त्यसको जवाफ पनि स्पष्ट दिनुपर्यो । यदी जलबिद्युत आयोजना बनेर सिंगो नेपालीलाई फाइदा हुँदा, सिंगो नेपाल उज्यालो बन्दा तपाईलाई घाटा हुने देख्नुभएको छ भने एक पटकलाई तपाइले यो आयोजनाको बिषयमा अबरोध नगरिदिनुस । गरिव नेपाली जनताले बिकासप्रेमी नेता चाहेका छन्, देशभरि २४ सै घण्टा बिजुली बलोस् भन्ने चाहेका छन् । देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानको लागि नयाँ-नयाँ खोज गरेर तत्काल अगाडी बढाउनु त कता हो कता अरुले देखाएको बाटो र सबैतिरबाट पास भईसकेको कुरामा तपाइको अवरोध किन ? 

म पेसाले संचारकर्मी भएपनि यो टिप्पणी एउटा सर्वसाधारणको नाताले लेख्दैछु । म आफै बुढीगण्डकी प्रभावित पनि होइन तर मलाई मेरो देशको पश्चिम हुम्लामा बिकास हुँदा जति खुसि लाग्छ त्यति नै खुसि पुर्बको झापामा हुँदा पनि लाग्छ । कतिपयले तपाइँलाई 'आफ्नो निर्वाचन क्षेत्र बाहेक कतै नदेख्ने नेता' भन्ने उपमा पनि दिने गरेका छन् । मैले अरुबाट सुनेको कुरालाई यहाँ राख्ने जमर्को मात्र गरेको छु, वास्तविकता के हो तपाइँ नै जान्नुस । यही उपमा अर्का नेता पुर्व अर्थमन्त्री रामशरण महतलाई पनि जान्छ । प्रकाश शरण महत, राम शरण महत सहित बिभिन्न कांग्रेस नेताकै कारण अहिलेसम्म बुढीगण्डकी अघि बढ्न नसकेको भन्ने गुनाशो गाउँ-गाउँमा फैलन थालेको छ, अझ बिहिबार डा. प्रकास शरण महत ज्युले त त्यसको खुलाशा नै गरेर काँग्रेसलाई नै स्थानीय जनताको माझमा नकारात्मक बनाउने काम गरिदिएका छन् । निर्वाचनको मुखमा आएर गाउँ-गाउँमा 'कांग्रेसले बुढीगण्डकी बनाउन रोक्यो रे' भन्ने खबर फैलिईरहेको छ । 

यदी बुढीगण्डकी कम्पनी मोडलमा लैजान सकिदैन वा त्यसमा केहि कमजोरी देख्नुभएको छ भने स्पष्ट पारिदिनुपर्यो । अन्यथा तीन महिना देखि कांग्रेसकै कारण बुढीगण्डकी आयोजना रोकियो भन्ने बिषय किन आईरहेको छ ? स्पष्ट पारिदिनुस डा. प्रकास शरण महतज्यु, बुढीगण्डकीको काम तपाइँले के कारण रोक्दै हुनुहुन्छ ? 

बुढीगण्डकी जलबिद्युत निर्माणमा तपाइको अवरोध हुनु सामान्य कुरा होइन, त्यसैले मैले यो बिषयमा टिप्पणी लेख्दैछु । यदी यसमा कसैको पार्टीगत वा व्यक्तिगत स्वार्थ देख्नुभएको छ वा यो आयोजना अहिलेकै स्थितिबाट अघि बढ्दा राम्रो हुँदैन भने जनताको माझ तपाइँ वा तपाइको पार्टीको कुरा राखिदिनुपर्यो । होइन भने तीन महिनादेखि आयोजना अन्यौलमा पार्नु कुनैपनि कोणबाट राम्रो होइन । कांग्रेस वा तपाइले बुझ्नैपर्ने कुरा के छ भने बिकासको काममा सकेसम्म अवरोध नगर्नुस् यदी गर्नुनै हुन्छ भने आफैले त्यसको यथासिघ्र समाधान पनि दिनुस् । हैन भने आफु आफ्नो घर पनि नबनाउने अनि अरुले बनाउन खोज्दा पनि बिभिन्न बखेडा झिकेर अन्यौलतामा धकेल्ने ? यो नियत पक्कै पनि बिकासवादी नियत होइन । 

यदी कम्पनी मोडल ठिक छैन भने तपाइको मोडल कुन हो ? 

डा. महतज्युलाई हेक्का पनि छ कि छैन । बुढीगण्डकी प्रभावित हजारौं गोरखा र धादिङ्गका जनताले पुस्तौदेखि खाईपाई आएको जग्गा-जमिन, जाय जेथालाई बिकासको लागि भन्दै छाडेर अन्तै स्थानान्तरण हुन तयार छन् । उनीहरुमा तपाइँ जस्ता नेताले भोली उचित आवास र बिबिध प्रबन्ध मिलाउला/नमिलाउला भन्ने अझै पनि अन्यौलता छ । उनीहरुको त्यागलाई मुआब्जासँग तुलना गर्नुभन्दा पनि एउटा बिकासबादी धारणासँग तौलनु राम्रो हुन्छ । त्यसमा पनि प्रभावित जनता भूकम्प पिडित पनि हुन् । उनीहरुले आयोजनाकै कारण आवास निर्माण पनि गर्न पाएका छैनन् । उनीहरुले अझै पनि तपाईहरुको आशा राखेका छन् । आयोजना बनाउलान, मुआब्जा पाईइला, उचित स्थानमा आवासको लागि सरकारले प्रबन्ध मिलाईदेला भन्नेमा उनीहरु आशावादी छन् तर तपाइँहरु भने उनीहरुको आशामा अझै आफ्नो स्वार्थ घुसाई यो वा त्यो बहानामा आयोजनानै नबने हुन्थ्यो भन्ने नीति बोकेर अघि बढ्दै हुनुहुन्छ । तपाइको यस्तै तालले देशमा बिकास होला ? 

छिटो आयोजनाहरु अघि बढोस्, कालकारखाना खुलोस्, सडकले नेपालको हरेक गाउँलाई जोडोस्, यी यस्तै बिकासको सपना देख्नेहरुले यथासिघ्र हरेक कामलाई अघि बढाउने प्रयास गरेका छन् । उदाहरणको रुपमा हालका उर्जामन्त्री जनार्दन शर्मालाई लिनुस्, तपाईकै पार्टीका नेता गगन कुमार थापालाई हेर्नुस् । तपाईकै पार्टीका नेता गगन थापालाई जनताले विकासप्रेमी भन्दैगर्दा तपाईलाई किन बिकास बिरोधि भन्ने उपमा दिइएको छ, हेक्का गर्नु भएको छ ? 

ऊर्जा मन्त्रालयले तीन महिना पहिले नै कम्पनी ढाँचामा सो आयोजनालाई अगाडि बढाउने प्रस्ताव दर्ता गराएको थियो तर तपाइँ लगायतको बखेडाले समस्या परेको छ । जनताले सोच्दै नसोचेको लोडसेडीङ्ग अन्त्य गर्न सफल उर्जा मन्त्रालयलाई विश्वास गर्ने कि तपाईलाई ?  उर्जा मन्त्रालयले सबै कुरा अध्ययन गरेरै कम्पनी मोडललाई पास गरेको होला त्यसमा तपाइँहरुको निरन्तर बिरोध किन ? 

जे होस् डा. महतज्यु, यस बिषयमा तपाइँ सहि पनि हुन सक्नुहोला, बुढीगण्डकीसँग तपाइको कुनै स्वार्थ गासिएको पनि नहुन सक्ला तर बिकासको काममा कि त आफै अग्रसर बनिदिनुस कि अबरोध नगरीदिनुस् । आजलाई यतिनै, तपाइले यस बिषयमा प्रतिक्रिया दिएको खण्डमा जनता माझ पुर्याउने काममा पनि सहयोग गर्ने वाचा गर्दछु, धन्यवाद ! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’