२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दाजुभाइ गाउँपालिका अध्यक्षको चुनावी मैदानमा

२०७४, ८ बैशाख शुक्रबार ०६:०२

बैतडी, ८ वैशाख । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् । 

कर्णबहादुर नेपाली काँग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् । 

“हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौँ” – कर्णबहादुर रानाले भन्नुभयो । 

आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताउनुभयो । 

उहाँले भन्नुभयो – “माओवादीले उठाएको सङ्घीयताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेदवारी हो । मेरो दाजुसँग पारिवारिक नाता छ । विचार हामी दुईको फरक छ । त्यसैले हामीले अलग अलग दलबाट उम्मेदवारी दिएका छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार