बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टी"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सबैको प्रतिनिधित्व लोकतन्त्रमै फस्टाउँछ’

८ बैशाख २०७४, शुक्रबार १३:१४

बैशाख ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको यही वैशाख १६ गते हुने उम्मेदवारी मनोनयन कार्यमा सहभागी हुन नवगठित राष्ट्रिय जनता पार्टीलगायतका सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । 

आज अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष प्रतिभा राणाको नेतृत्वमा रहेको टोलीले बुझाएको ज्ञापनपत्र ग्रहणपछि प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो – “महिलाको जस्तै नेताहरुको पनि अन्तरपार्टी सञ्जाल बनाएर आगामी निर्वाचनमा भाग लिन नव गठितलगायत सबै राजनीतिक दललाई आह्वान गर्दछु ।” 

उहाँले भन्नुभयो – “महिलालगायत सबै जातजातिको प्रतिनिधित्व लोकतन्त्रमै फस्टाउँछ । प्रजातन्त्रका संरक्षक भनेका राजनीतिक दल र नेता नै हुन् । तपाईंहरुको जस्तै सबै पार्टीका नेता सम्मिलित सञ्जाल भइदिएको भए धेरै राम्रो हुन्थ्यो ।” 

अन्तरपार्टी सञ्जालमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १० राजनीतिक दलका महिला सम्मिलित छन् । उक्त सञ्जालले संविधानसभामा भएको समानुपातिक समावेशी सहभागिताको हकको व्यवहारतः कार्यान्वयन गर्न कम्तीमा पनि स्थानीय तहलाई प्रस्थान विन्दु बनाउन सहयोग गरिदिन आयोग समक्ष आग्रह गरेको हो । 

ध्यानाकर्षण पत्रमा भनिएको छ – “स्थानीय तहबाट समानुपातिक समावेशी सहभागिताको हकको कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन ऐनमा केही त्रुटि रहन गएको छ । त्यसलाई अध्यादेश मार्फत संशोधन गरेर दलित महिला नभएको स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिनसक्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गर्न चाहन्छांै ।” 

वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवारी दिने व्यवस्थाका लागि पनि आवश्यक पहल गरिदिन आयोगसमक्ष सञ्जालले आग्रह गरेको छ । देशमा २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले जनतामा खुसी र उत्साह थपेको जनाउँदै सञ्जालले ध्यानाकर्षणपत्रमा भनेको छ – “देशका सबै राजनीतिक दल र आम जनसमुदायको ध्यान अब निर्वाचनमा केन्द्रित भएको छ ।” 

जनसङ्ख्याको आधारमा महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषयलाई पनि सञ्जालले गम्भीरताका साथ उठाएको छ । महिला सञ्जालको टोलीमा पूर्व सांसद निलम बर्मा, लक्ष्मी साह, वसन्ती झा, मीना पाण्डे, कमला रोक्का, शशी श्रेष्ठलगायत हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’