बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थान"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

देवचुली नगरपालिकामा कांग्रेसका को–को उम्मेदवार (कस्को पलरा भारी ?)

९ बैशाख २०७४, शनिबार ०४:२७

बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थानिय तहमा योग्य उम्मेदवारको ताँतीले पार्टीलाई टिकट वितरण गर्न कठिनाई महसुस भएको छ ।

जिल्लाको देवचुली नगरपालिका र गैडाकोटमा कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईराला (संस्थापन पक्ष), र शेरबहादुर देउवाको गरि दुई गुटमा टिकट वितरण हुने देखिएको छ ।

देवचुली महामन्त्री कोईरालाकै निर्वाचन क्षेत्रमा परेपनि देउवाको उम्मेदवारको पनि ताँती छ । देवचुली नगरपालिकामा शेर बहादुर देउवाको खेमाबाट मेयर पदका मुख्य सम्भावित उम्मेदवार अशोक बस्ताकोटी एक्लो मात्र छन् भने कोईरालाको खेमाबाट पुर्ण कुमार श्रेष्ठ, देवी प्रसाद खनाल, धर्मा बस्याल र डिल्लीराम कडरिया आकांक्षी देखिएका छन् । यि पांच मेयरका उम्मेदवार मध्ये लोकप्रिय र प्रसिद्ध उम्मेदवार अशोक बस्ताकोटी रहेको नगरपलिकामा व्यापक चर्चा छ ।

बस्ताकोटी २०४६ सालको आन्दोलनबाट नेविसंघको कार्यकर्ता भई आफनो राजनितिक कैरियर शुरु गरेका थिए । बस्तोकोटी ३ कार्यकाल नेविसंघ नवलपरासीको जिल्ला अध्यक्ष र २ कार्यकाल नेविसंघको केन्द्रिय सदस्य समेत रही आएका छन् । बस्तोकोटीको लामो राजनितिक ईतिहास र मेयरमा हुने विभिन्न गुणका सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ । बस्ताकोटी शेर बहादुर देउवाको नजिकको व्यक्ति भएकै कारण उनी मेयरको टिकट पाउन सम्भावना प्रबल देखिएको छ ।

त्यस्तै उप मेयरमा देउवा खेमबाट  रेनुका न्यौपाने, लक्ष्मी बस्ताकोटी छन् भने कोईराला खेमबाट शान्ती तिवारी, निर्मला कण्डेल र शारदा पौडेल आकांक्षी देखिएका छन् । जिल्ला प्रदेश नंं ४ र प्रदेश नं. ५ गरि दुईप्रदेशमा विभाजित छ । हाल प्रदेश नंं ४ मा पर्ने नवलपुर क्षेत्रमा ४ नगरपालिका र ५ गाउँपालिका पर्दछन् भने प्रदेश नं. ५ परासी क्षेत्रमा ३ नगरपालिका र ३ गाउँपालिका परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’