५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र मधेसी मोर्चाबीच सहमति, दुई चरणमा निर्वाचन हुने

९ बैशाख २०७४, शनिबार १७:५३

(सिबी अधिकारी) | बैशाख ९, काठमाडौँ | सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज तीनबुँदे सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ अबेरसम्म भएको वार्ताबाट तीनबुँदे सहमति भएसँगै मोर्चाले गरेको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । यद्यपि, सहमतिको लिखित दस्तावेज भने बाहिर आएको छैन । 

सहमतिअनुसार व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, सरकारद्वारा घोषित स्थानीय तहको निर्वाचन (वैशाख ३१ गते र अर्को जेठभित्र) दुई चरणमा गर्ने र मोर्चाद्वारा घोषित आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् । 

सरकार र मोर्चाबीच लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भई मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढेको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

वार्तापछि सञ्चारकर्मीलाई जानकारी दिँदै भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले सरकार र मोर्चाबीच तीनवटा बुँदामा सहमति भई स्थानीय तहको निर्वाचन दुईचरणमा गर्ने सहमति भएको बताउनुभयो । 

उहाँका अनुसार सहमतिको पहिलो बुँदामा सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमा परिमार्जन गरी चाँडोभन्दा चाँडो पारित गर्ने र त्यसका निमित्त सरकारले आइतबार निर्णय गर्ने सहमति भएको छ । 

त्यसैगरी, स्थानीय तहको निर्वाचन वैशाख ३१ गते पहिलो चरणमा र निर्वाचन आयोगसँग सल्लाह गरेर जेठमा अर्को चरणमा निर्वाचन गर्ने र सङ्घीय गठबन्धनसहित मधेसी मोर्चाले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । 

सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकार र मोर्चाबीच सौहार्दपूर्ण वातावरणमा निर्णायक वार्ता भएको र यसले अहिलेसम्मको राजनीतिक गतिरोध अन्त्य गरेको बताउनुभयो । 

सङ्घीयता र प्रदेश सीमाङ्कनलगायतको विषय टुङ्गो लगाउन अधिकार सम्पन्न सङ्घीय आयोग गठन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । 

सहअध्यक्ष श्रेष्ठका अनुसार आयोगले प्रदेशको सङ्ख्या, सिमाना, स्वायत्त र संरक्षित क्षेत्रलगायतका विशेष संरचनाहरुको निश्चित समयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनअनुसार सरकारले कार्यान्वयन गर्नेछ । 

त्यसैगरी, भाषाको सन्दर्भमा भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषाहरुलाई सरकारले संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको सहअध्यक्ष श्रेष्ठले बताउनुभयो । 

त्यस्तै, संविधानको धारा २७४ मा पनि सङ्घीय संसद् बनिसकेपछि उक्त संसद्ले सम्बन्धित प्रदेशहरु (जुन जुन ठाउँमा सिमाना परिवर्तन हुन्छ) को सिमाना परिवर्तन गर्दा पर्ने असरबारे प्रभावित प्रदेशलाई ३० दिनभित्र परामर्शका लागि पठाउने र त्यो आइसकेपछि सङ्घीय संसद्ले त्यसको निर्णय गर्नेछ । अर्को, जबसम्म प्रदेश सभाको निर्वाचन हुँदैन तबसम्म हालको रुपान्तरित व्यवस्थापिका–संसद्ले नै वर्तमान संविधानको धारा २९६ को १ अनुसार यी सबै काम गर्न पाउने व्यवस्था गरिएको छ । 

नागरिकताको सन्दर्भमा आएको प्रस्ताव जस्ताको तस्तै पारित गर्ने र स्थानीय तहको सङ्ख्या जनसङ्ख्याको अनुपातमा बढाउने र गाउँपालिका र नगरपालिकाहरुलाई राष्ट्रियसभाको ‘इलेक्टोरल कलेज’ बाट ‘डिलिङ’ गर्ने विषयमा विस्तृत रुपमा छलफल गरी सहमति भएको सहअध्यक्ष श्रेष्ठले बताउनुभयो । 

ती विषयलाई सरकारले आइतबार मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र निर्वाचन आयोगसँग आवश्यक परामर्श गरी अघि बढाउने र गठबन्धनको बैठक बसी आन्दोलनको औपचारिक फिर्ताको घोषणा गर्ने उहाँले उल्लेख गर्नुभयो । 

मधेसकेन्द्रित दलहरु एकीकृत भई बनेको राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जनसहितको फास्ट ट्र्याकमा पारित गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति गर्ने निर्णय गरेपछि मोर्चाले आन्दोलन फिर्ताको घोषणा गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह