Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
४ माघ २०८२, शनिबार
राजनीति

माओवादी केन्द्रद्वारा मन्थली नपामा उम्मेदवार सार्वजनिक (सुचीसहित)

९ बैशाख २०७४, शनिबार १८:०४

प्रज्वल पाैडेल । बैशाख ९,काठमाण्डौं । नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रम आयोजना गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन समय नजिकिँदै जाँदा प्रमुख दल द्वारा रामेछापमा उम्मेदवारकाे छलफल सँगै सार्वजनिक हुन थालेका हुन् ।  माओवादीले जिल्लाकाे मुख्य मानिएकाे मन्थली नगरपालीकाकाे मेयरमा पूर्वसभासद तारानारायण श्रेष्ठलाई र उपमेयरमा रीतादेवी घिमिरेलाई उम्मेदवार यश अगाडि नै सार्वजनिक गरेकाे थियाे थियाे । यस्तै नगरपालिकाका १० वटा वडाका वडा अध्यक्षका उम्मेदवारकाे नाम अाज सार्वजनिक गरिएकाे माअाेवादी केन्द्रका जिल्ला नेता रविन्द्र पाैडेलले जानकारी दिनुभयाे । पाैडेलका अनुसार.. 

काे काे बने वडा अध्यक्षमा उम्मेदवार

मन्थली नपा वडा नं १ नारायणदास श्रेष्ठ
मन्थली नपा वडा नं २ कुम्भराज तामाङ
मन्थली नपा वडा नं ३ रमेशबहादुर वरुवाल
मन्थली नपा वडा नं ४ वीरेन्द्र बज्रचार्य
मन्थली नपा वडा नं ५ रामबहादुर कार्की
मन्थली नपा वडा नं ७ श्रीबहादुर माझी
मन्थली नपा वडा नं ९ दिलिपराज गिरी
मन्थली नपा वडा नं १० भरतबहादुर बोहोरा
मन्थली नपा वडा नं ११ भिमबहादुर थापामगर 
मन्थली नपा वडा नं १३ केदार श्रेष्ठ ।

यसैविच मन्थली नपा अन्तरगतका वडा नं ६, ८, १२ र १४ को वडाध्यक्षको उम्मेदवार घोषणा गर्न बाँकी रहेकाे पाैडेलले जानकारी दिनुभयाे । उहाँले जिल्लाका अन्य क्षेत्रका उम्मेदवार छलफल अगाडि बढिरहेकाले छिट्टै घाेषणा हुने बताउनुभयाे ।
कार्यक्रममा वक्ताहरूले मतदाता समक्ष अाफ्ना याेजना, नीति तथा कार्यक्रम जानकारी गराउन अाग्रह गरेका छन् । जनता समक्ष पार्टीका स्पष्ट धारणा पुर्याउन सके अाफुहरूले सबै स्थानमा जित्ने बताएका छन् । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाले तिव्रता पाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’