बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप

२०७४, १० बैशाख आईतवार ०५:४६

बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्री थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री थापा चुप लागेर बसेको आरोप लगाए । 'स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीज्यूको मौनता देख्दा हामीलाई शंका लागको छ ।' उनले मन्त्री थापाकै संलग्नता भ्रष्टाचार भइरहेको समेत आरोप लगाए । 

शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्‍नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताए  । अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए । बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइरहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए । 

सामाग्री खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भईरहेको छ ।’ उनले भरखरै मात्र वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार