बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री था"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप

१० बैशाख २०७४, आईतवार ०५:४६

बैशाख १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्री थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री थापा चुप लागेर बसेको आरोप लगाए । 'स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीज्यूको मौनता देख्दा हामीलाई शंका लागको छ ।' उनले मन्त्री थापाकै संलग्नता भ्रष्टाचार भइरहेको समेत आरोप लगाए । 

शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्‍नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताए  । अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए । बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइरहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए । 

सामाग्री खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भईरहेको छ ।’ उनले भरखरै मात्र वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’