४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा माओवादीले १० वटै स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगायो

११ बैशाख २०७४, सोमबार ०७:५४

बैशाख ११, बैतडी । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । 

जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको प्रमुख पदका लागि खीमानन्द भट्ट, पाटन नगरपालिकामा प्रमुखमा शङ्कर भण्डारी र उपप्रमुखमा राधिका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । 

यस्तै पुर्चाैडी नगरपालिकामा प्रमुखमा रणबहादुर कुँवर र उपप्रमुखमा जयन्ती बमलाई उम्मेदवार बनाइएको छ भने मेलौली नगरपालिकाको प्रमुखमा भीमबहादुर चन्द तोकिनुभएको छ भने उपप्रमुखको टङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर राना र उपाध्यक्षमा सुशीला साउद, दोगडा केदार गाविसको अध्यक्षमा तारा कँुवर र उपाध्यक्षमा लक्ष्मी ओेड, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरी भाट, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा धनवीर धनाडी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द र उपाध्यक्षमा मञ्जु चन्दलाई सिफारिस गरिएको छ भने सबै वडाका वडा अध्यक्ष र सदस्यका नाम समेत टुङ्गो लागिसकेको सो दलले जनाएको छ । 

नेपाली काँग्रेस र नेकपा एमाले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । पार्टीमा पदका आकाङ्क्षी धेरै भएकाले उम्मेद्ववारको नामावली टुङ्ग्याउन नसकिएको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । नेकपा एमालेले स्थानीय तहमा नेतृत्व गर्ने आकाङ्क्षीमध्ये नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको एमालेका जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’