प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इज"/>
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इज"/>
बैशाख ११, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले डीआइजी सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले सर्वोच्च अदालतमा सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
डिआइजी सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले अदालतमा रिट दायर गरेका थिए ।