४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एउटामात्रै अपाङ्गमैत्री मतदानस्थल

११ बैशाख २०७४, सोमबार ११:५५

बैशाख ११, बैतडी । बैतडीमा रहेका १२० मतदानस्थलमध्ये एउटामात्र अपाङ्गमैत्री मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा रहेको शोभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्र अपाङ्गमैत्री बनाइएको हो । 

अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउने उद्देश्यले उक्त मतदानस्थललाई यसअघि भएको संविधानसभा निर्वाचनदेखि नै अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिदै आएको थियो । 

उक्त मतदानस्थलमा साविकको गुरुखोला गाविसका १, २ र ३ नं वडाका गरी ४५१ मतदाता छन् । तथ्याङ्कमा प्रष्ट नहुने भएकाले उक्त मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति कति सहभागी हुने यकिन नभएको बताइएको छ । 

अपाङ्गमैत्री मतदानस्थलमा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने स्थानसम्म नै ह्विलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, व्यक्तिलगायतलाई सहयोग पु¥याउन स्वयम्सेवक र सुरक्षाकर्मीको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न लाइन बस्नु नपर्ने व्यवस्थासहित उनीहरुका लागि छोटो समयमा स्वयम्सेवकको साथमा मत खसाल्ने व्यवस्थासमेत मिलाइएको कार्यालय प्रमुख, फुयाँलले जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १२० मतदानस्थलमा १७४ मतदान केन्द्र तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेका बैतडीमा एक लाख २४ हजार ८२४ जना मतदाता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’