२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

२०७४, ११ बैशाख सोमबार १२:४९

बैशाख ११, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पहिलो चरणमा बैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए ।

आइतवार मात्रै सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते घोषणा गरेको थियो । आयोगले पहिलो चरणमा हुने निर्वाचनको कार्यतालिका पनि हेरफेर गरेको छ । जसअनुसार बैशाख १६ का लागि तय भएको उमेद्वारी दर्ताको समय १९ गतेलाई तोकेको छ । निर्वाचन चिन्ह वितरण गर्ने कार्य बैशाख १९ गते तय भएकोमा बैशाख २२ गतेलाई सारिएको छ ।

त्यस्तै आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका अनुसार जेठ ३१ का मा हुने स्थानीय निर्वाचनका लागि उमेद्वारको मनोनयन दर्ताको समय जेठ १९ गतेलाई तोकेको छ ।

त्यहि दिन बेलुका ५ बजे उमेद्वारको सुचि सार्वजनिक हुनेछ भने जेठ २० मा उमेद्वारको उजुरी लिने समय र मनोनयनपत्र जाँच गर्ने समय छुट्याएको छ । जेठ २१ गते उमेद्वारको नामावाली प्रकाशन र नामावली फिर्ताको समय सारीएको छ ।

उमेद्वारको अन्तिम नामावली भने जेठ २२ गते सार्वजनिक गरिने आयोगले जनाएको छ ।  पहिलो चरणमा ३, ४, ६ नंम्बर प्रदेश नम्बर र दोस्रो चरणमा १, २, ५ र ७ नंम्बर प्रदेशमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार