४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

११ बैशाख २०७४, सोमबार १२:४९

बैशाख ११, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पहिलो चरणमा बैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए ।

आइतवार मात्रै सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते घोषणा गरेको थियो । आयोगले पहिलो चरणमा हुने निर्वाचनको कार्यतालिका पनि हेरफेर गरेको छ । जसअनुसार बैशाख १६ का लागि तय भएको उमेद्वारी दर्ताको समय १९ गतेलाई तोकेको छ । निर्वाचन चिन्ह वितरण गर्ने कार्य बैशाख १९ गते तय भएकोमा बैशाख २२ गतेलाई सारिएको छ ।

त्यस्तै आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका अनुसार जेठ ३१ का मा हुने स्थानीय निर्वाचनका लागि उमेद्वारको मनोनयन दर्ताको समय जेठ १९ गतेलाई तोकेको छ ।

त्यहि दिन बेलुका ५ बजे उमेद्वारको सुचि सार्वजनिक हुनेछ भने जेठ २० मा उमेद्वारको उजुरी लिने समय र मनोनयनपत्र जाँच गर्ने समय छुट्याएको छ । जेठ २१ गते उमेद्वारको नामावाली प्रकाशन र नामावली फिर्ताको समय सारीएको छ ।

उमेद्वारको अन्तिम नामावली भने जेठ २२ गते सार्वजनिक गरिने आयोगले जनाएको छ ।  पहिलो चरणमा ३, ४, ६ नंम्बर प्रदेश नम्बर र दोस्रो चरणमा १, २, ५ र ७ नंम्बर प्रदेशमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’