बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 
"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संजय कार्कीलाई चन्द्रपुर नगरपालिकाको मेयर बनाउने जनचाहना बढदो

२०७४, १२ बैशाख मंगलवार ०७:५६

बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 

दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्बाचनले मात्र मतदाता उत्साहि भएका होईनन् सपटक भने उनीहरुले पाट्रीमा आबद्ध राम्रा र योग्य ब्यक्तिनै मेयर पदको टिकट पाउनु पर्छ भन्नेमा जोड दिईरहेका छन । चन्द्रपुर नगरपालिकाको मेयर लगायत वडा अध्यक्ष पदको लागि यस्तै आबाज उठिरहेको छ । काम गर्न सक्ने अनुभबि, आटिलो, योग्य, बिगतको अनुभब र जनचाहना भएका ब्यक्तिलाई मेयर पदको उम्मेदबारको रुपमा अघि सार्नु पर्ने आवाज सर्बत्र रहेको छ । यीनै मध्येका पत्रकार सञ्जय कार्कीलाई आसन्न निर्बाचनमा मेयर पदमा उम्मेदबारी दिन लगाउने जनचाहना बढेर गएको पाईन्छ । १२ बर्ष अघि नेपाल प्रेश युनियनका साधारण सदस्य रहेका कार्की पोखरामा भएको आठौं अधिबेशनमा निर्बिरोध केन्द्रिय सदस्य भएका हुन् । उनी नेपाली काग्रेसको १३ औ महाधिबेशन प्रतिनिधि समेत रहेका छन । बीस बर्ष सम्म स्थानीय तहमा राजनैतिक पार्टीको निर्णायक प्रतिनिधित्व नहुदा पत्रकार कार्कीले जनचाहना अनुरुप अघि बढेका कारण यतिखेर उनी मतदातामा लोकप्रिय रहेका छन् । उनी पत्रकारिताको अलावा समाजसेबामा समेत क्रियाशिल रहेका छन् । 

चन्द्रपुर नगरपालिकाको सामाजिक सुरक्षा भता बितरण समितिको सदस्य, सामुदायिक सेबा समितिको उपाध्यक्ष, जनज्योति बहुमुखी क्याम्पसको संचालक समितिको सदस्य एबम आर्थीक समितिको संयोजक, रौतहट फुटबल संघको सदस्य रहेका कार्कीले आफनो जिम्मेबारी कुुशलतापुर्बक सम्मन्न गरेका कारण उनको पक्षमा लोकमत देखिएको छ । दुई बर्षमा उनले आफु कार्यरत रहेको गुन्जन एफएम १०५.३ मेगाहर्जको आफनै स्वामित्वमा जमिन खरिद गरी साढे दुई तल्ला भबन निर्माण गर्न सफल भईसकेका छन । यतिखेर ट्राफिक प्रहरीको लागि भबन बनाउनु पर्छ भनेर बनेको समितिका सदस्य रहेका कार्कीले यसै आर्थीक बर्षमा ट्राफिक प्रहरी भबन निर्माण सम्पन्न गराउन लागि परहेका छन । 

नेपाली काग्रेसमा मेयरपदका धेरै आकाक्षी रहेका छन तर पनि जनमतमा कार्की सबै भन्दा अगाडी रहेका छन । उनले मानबअधिकारी, कानुनी राज्य र बिधिको शासनमा उनको कलम सधै चल्ने भएका कारण असहाय र अन्यायमा परेकाहरुले न्याय पाएको थुप्रै दृष्टान्त रहेका छन । उनका कलम सदैब भ्रस्टाचार बिरुद्ध, शुसासन र पारदर्शीका निम्ति चलेका छन । चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेस बाट उम्मेदबार बनाउन स्थानीय जनता लागिपरेका छन । दैबि बिपतिमा परेका लाई राहत होस या अलपत्रमा परेकाको उद्धारमा होस त्यसमा उनको सक्रियता भएकै कारण जनलोकमा उनी लोकप्रिय रहेका छन । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनलोकमा उनको छाप राम्रो रहेको छ । यस बिषयमा पत्रकार सञ्जय कार्की भन्छन लोकमतको कदर गर्नु हामी सबैको कर्तब्य हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे