बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 
"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संजय कार्कीलाई चन्द्रपुर नगरपालिकाको मेयर बनाउने जनचाहना बढदो

१२ बैशाख २०७४, मंगलवार ०७:५६

बैशाख १२, रौतहट | दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्बाचन कार्यतालिका भन्दा ठिक एक महिना पछि धकेलिएको छ तर पनि स्थानीय मतदातामा उत्साह उतिकै रहेको छ । 

दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्बाचनले मात्र मतदाता उत्साहि भएका होईनन् सपटक भने उनीहरुले पाट्रीमा आबद्ध राम्रा र योग्य ब्यक्तिनै मेयर पदको टिकट पाउनु पर्छ भन्नेमा जोड दिईरहेका छन । चन्द्रपुर नगरपालिकाको मेयर लगायत वडा अध्यक्ष पदको लागि यस्तै आबाज उठिरहेको छ । काम गर्न सक्ने अनुभबि, आटिलो, योग्य, बिगतको अनुभब र जनचाहना भएका ब्यक्तिलाई मेयर पदको उम्मेदबारको रुपमा अघि सार्नु पर्ने आवाज सर्बत्र रहेको छ । यीनै मध्येका पत्रकार सञ्जय कार्कीलाई आसन्न निर्बाचनमा मेयर पदमा उम्मेदबारी दिन लगाउने जनचाहना बढेर गएको पाईन्छ । १२ बर्ष अघि नेपाल प्रेश युनियनका साधारण सदस्य रहेका कार्की पोखरामा भएको आठौं अधिबेशनमा निर्बिरोध केन्द्रिय सदस्य भएका हुन् । उनी नेपाली काग्रेसको १३ औ महाधिबेशन प्रतिनिधि समेत रहेका छन । बीस बर्ष सम्म स्थानीय तहमा राजनैतिक पार्टीको निर्णायक प्रतिनिधित्व नहुदा पत्रकार कार्कीले जनचाहना अनुरुप अघि बढेका कारण यतिखेर उनी मतदातामा लोकप्रिय रहेका छन् । उनी पत्रकारिताको अलावा समाजसेबामा समेत क्रियाशिल रहेका छन् । 

चन्द्रपुर नगरपालिकाको सामाजिक सुरक्षा भता बितरण समितिको सदस्य, सामुदायिक सेबा समितिको उपाध्यक्ष, जनज्योति बहुमुखी क्याम्पसको संचालक समितिको सदस्य एबम आर्थीक समितिको संयोजक, रौतहट फुटबल संघको सदस्य रहेका कार्कीले आफनो जिम्मेबारी कुुशलतापुर्बक सम्मन्न गरेका कारण उनको पक्षमा लोकमत देखिएको छ । दुई बर्षमा उनले आफु कार्यरत रहेको गुन्जन एफएम १०५.३ मेगाहर्जको आफनै स्वामित्वमा जमिन खरिद गरी साढे दुई तल्ला भबन निर्माण गर्न सफल भईसकेका छन । यतिखेर ट्राफिक प्रहरीको लागि भबन बनाउनु पर्छ भनेर बनेको समितिका सदस्य रहेका कार्कीले यसै आर्थीक बर्षमा ट्राफिक प्रहरी भबन निर्माण सम्पन्न गराउन लागि परहेका छन । 

नेपाली काग्रेसमा मेयरपदका धेरै आकाक्षी रहेका छन तर पनि जनमतमा कार्की सबै भन्दा अगाडी रहेका छन । उनले मानबअधिकारी, कानुनी राज्य र बिधिको शासनमा उनको कलम सधै चल्ने भएका कारण असहाय र अन्यायमा परेकाहरुले न्याय पाएको थुप्रै दृष्टान्त रहेका छन । उनका कलम सदैब भ्रस्टाचार बिरुद्ध, शुसासन र पारदर्शीका निम्ति चलेका छन । चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेस बाट उम्मेदबार बनाउन स्थानीय जनता लागिपरेका छन । दैबि बिपतिमा परेका लाई राहत होस या अलपत्रमा परेकाको उद्धारमा होस त्यसमा उनको सक्रियता भएकै कारण जनलोकमा उनी लोकप्रिय रहेका छन । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनलोकमा उनको छाप राम्रो रहेको छ । यस बिषयमा पत्रकार सञ्जय कार्की भन्छन लोकमतको कदर गर्नु हामी सबैको कर्तब्य हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’