४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या आरोपमा भाइ र छोरी पक्राउ

१२ बैशाख २०७४, मंगलवार ०९:२५

बैशाख १२, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका—९गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । 

मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । 

हत्या घटना चैत २२ गते साँझ भए पनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबार मात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताउनुभयो । सो दिन साँझ मादक पदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’