४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको उम्मेदवार तय गर्ने संयन्त्र पुरानै

१२ बैशाख २०७४, मंगलवार ०९:३८

बैशाख १२, काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने जिल्लास्तरीय पुरानै संयन्त्रलाई यथावत् राखेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी र कार्यसम्पादन समितिका उपलब्ध सदस्य बैठकले यही वैशाख ११ गते जिल्लामा गरेको परिपत्रलाई सच्चाई संयन्त्रमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि राख्नु नपर्ने निर्णय गरेको हो । 

पार्टीले सोमबार जिल्लास्थित संयन्त्रमा सम्बन्धित जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पनि थप गर्न परिपत्र गरेको थियो । जिल्लाबाट उम्मेदवार चयन गर्ने संयन्त्र ठूलो हुँदा निर्णय गर्न अफ्ठ्यारो हुने गुनासो आएपछि पुरानै परिपत्रानुसार काम गर्न पार्टीले आज परिपत्र गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकले यसअघिको परिपत्रमा उल्लेख भएको अधिकतम सहमतिका सट्टामा सहमतिका आधारमा निर्णय गर्न सक्ने नयाँ परिपत्र गरेको छ । काँग्रेसले गत चैत १६ गते पार्टीका स्थानीय संरचनामा संयन्त्र बनाई उम्मेदवार चयन गरिने परिपत्र पठाएको थियो । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’