२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित

२०७४, १३ बैशाख बुधबार ०६:०१

बैशाख १३, बैतडी । वैशाख १ गतेदेखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ । 

सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख १ गतेदेखि जिल्लाभरि एक सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएका थिए । निर्वाचन आयोगको निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

बैतडीमा स्थानीय तहको निर्वाचनका लागि एकसय २० मतदानस्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार आठसय २४ जना मतदाता रहेका छन् । 

सरकारले प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार