४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित

१३ बैशाख २०७४, बुधबार ०६:०१

बैशाख १३, बैतडी । वैशाख १ गतेदेखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ । 

सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख १ गतेदेखि जिल्लाभरि एक सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएका थिए । निर्वाचन आयोगको निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

बैतडीमा स्थानीय तहको निर्वाचनका लागि एकसय २० मतदानस्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार आठसय २४ जना मतदाता रहेका छन् । 

सरकारले प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै