बैशाख १३, बनेपा । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, बनेपा । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । "/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाता चिह्न पाउने सम्भावना छैन: आयुक्त यादव

२०७४, १३ बैशाख बुधबार ०६:३९

बैशाख १३, बनेपा । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । 

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।” प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गर्नुभयो । 

उहाँले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुनुहँुदैन भन्नुभयो । 

नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताउनुभयो । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाउनुभयो । 

काभ्रेपलाञ्चोकका प्रमुख निर्वाचन अधिकृत मोदिनीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता विपरीत काम भए त्यो जोखिमपूर्ण र प्रत्युत्पादक हुने चेतावनी दिँदै आचारसंहिता उल्लङ्घन गरेर चुनाव नजितौँ भन्नुभयो । 

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै मतदाता शिक्षालाई व्यापक बनाइएको बताउनुभयो । सो अवसरमा आचारसंहिता, पर्यवेक्षणलगायत विभिन्न विषयमा आएका विभिन्न प्रश्नको प्रमुख निर्वाचन आयुक्त यादवले जिज्ञासा मेटाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार