बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभ"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन’

१३ बैशाख २०७४, बुधबार ०८:२९

बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । 

मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताउनुभयो । 

केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न तयार रहने सरकारले प्रमुख प्रतिपक्ष दलको भावनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । 

सरकारले यही वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो – “सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने निर्णयबाट पछि हटेको छ, बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन, बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ ।” 

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि मजदुर आन्दोलन, भारतको मुक्ति सङ्ग्रामलाई सफल बनाउन स्व अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो । 

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले नेपाल तथा भारतको राजनीतिक विकास क्रममा स्व अधिकारीले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो । 

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत अन्य नेताले अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै