बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभ"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन’

२०७४, १३ बैशाख बुधबार ०८:२९

बैशाख १३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । 

मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताउनुभयो । 

केही दलको स्वार्थसिद्धीका लागि संविधान संशोधन गर्न तयार रहने सरकारले प्रमुख प्रतिपक्ष दलको भावनालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । 

सरकारले यही वैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो – “सरकारले एकैपटक निर्वाचन सम्पन्न गर्ने निर्णयबाट पछि हटेको छ, बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्दैन, बजेट अगाडि चुनाव सम्पन्न गर्नुपर्छ ।” 

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि मजदुर आन्दोलन, भारतको मुक्ति सङ्ग्रामलाई सफल बनाउन स्व अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो । 

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले नेपाल तथा भारतको राजनीतिक विकास क्रममा स्व अधिकारीले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो । 

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत अन्य नेताले अधिकारीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार