१३ वैशाख ,काठमाडौं । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ वैशाख ,काठमाडौं ।
४ माघ २०८२, शनिबार
काठमाडौँ - KTM

संकटमा नयाँ शक्ति: उपेन्द्रसंग एकता गर्नुभन्दा माओवादीमैै फर्किन नेताहरुको दवाव

१३ बैशाख २०७४, बुधबार १०:२९

१३ वैशाख ,काठमाडौं । नयाँ शक्तिसँग एकता गर्दा डा. बाबुराम भट्टराई संयोजक र आफू सहसंयोजक वा वरिष्ठ नेता मान्न तयार भएका उपेन्द्र यादवले अन्तिममा आएर कुरा फेर्दा एकताको सम्भावना लगभग टरेको छ ।

नयाँ शक्तिमा पार्टी एकता गर्नु नै छ भने बरु प्रचण्डसँग किन नमिल्ने भन्ने समूह एउटा छ भने अर्को समूह उपेन्द्र यादवसँग नै एकता गर्न छलफल र गोप्य भेटघाटमा लागेको छ । न्यूज सेवाले खबर लेखेको छ


माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, जनार्दन शर्मा, राम कार्की, प्रभु साह, वर्षमान पुनलगायतले नयाँ शक्तिका नेतासमक्ष छुट्टाछुट्टै छलफल चलाउन थालेका छन् ।


माओवादी केन्द्रका नेता बाबुरामसमक्ष पनि पुगेका थिए, होइन केन्द्रमै फर्किऊँ भन्नलाई । तर, बाबुरामले असम्भव कुरा गर्दै नगरौं भन्दै उठेर हिँडेपछि नयाँ शक्तिका नेतालाई होटलमा बोलाउँदै छलफल शुरु गरेका हुन् । -जनआस्था साप्ताहिक 

नयाँ शक्तिले विचार र सिद्धान्तसँग मिल्ने एकताको बाटो खुला रहेको भन्दै वैशाख ८ गते सकिएको केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरेको छ । माओवादीबाहेक फरक विचारबाट आउका पासाङ शेर्पा, पर्शुराम तामाङ, केशव दाहालसँग पनि माओवादी केन्द्रका नेताले गोप्य भेटवार्ता गरेको बताइन्छ । पूर्वमाओवादी तथा नयाँ शक्तिका नेता देवेन्द्र पौडेल, कल्पना धमला, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान, भक्तबहादुर शाहीलगायतसँग माओवादी केन्द्रका नेताले एक÷दुई चरण छलफल राजधानीकै एक होटलमा गरिसकेका छन् ।
उपेन्द्रसँग पार्टी एकताको कुरा ल्याउनु नै गम्भीर गल्ती भएको कतिपयको आरोप छ । नयाँ शक्तिले विचार र सिद्धान्त मिल्ने शक्तिसँग एकताको बाटो खुला गरेसँगै विभिन्न विचार समूहबाट आएका व्यक्ति यसले नयाँ गर्न नसकेको आरोप लगाउँदै बाहिरिने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै