बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’

२०७४, १४ बैशाख बिहीबार ०६:२८

बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ । 

नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो – “गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला । 

निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो – “ समावेशी लोकतन्त्रलाई समाजका सबै समुदायले उपयोग गर्ने वातावरण बनाउन तथा निर्वाचनमा मतदान गर्नेमात्र नभएर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउने नागरिक समाज र गैरसरकारी संस्थाले जिम्मेवारी लिनुपर्छ । 

नेपालमा २५४ अन्तर्राष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको सो अवसरमा जानकारी दिइयो । नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् । 

आयुक्त इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास र जनताले आभास गर्ने विषय स्थानीय तहको निर्चाचनपछि मुलुकमा अभूतपूर्व रुपमा सशक्तीकरणको जागरण पैदा हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल कानुन समाज, नेपाल चेम्बर्स अफ कमर्स, राष्ट्रिय अपाङ्ग महासङ्घसहितका सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित उक्त अन्तक्र्रिया आगामी निर्वाचनको सन्दर्भभा जारी भएको आचारसंहिताको पालन, मतदाता शिक्षा, निर्वाचन कानून, उम्मेदवार बन्न आवश्यक योग्यतालगायतका विषयमा केन्द्रित रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार