बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’

१४ बैशाख २०७४, बिहीबार ०६:२८

बैशाख १४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ । 

नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो – “गैरसरकारी संस्थाका प्रतिनिधिले निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नुहोला । 

निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो – “ समावेशी लोकतन्त्रलाई समाजका सबै समुदायले उपयोग गर्ने वातावरण बनाउन तथा निर्वाचनमा मतदान गर्नेमात्र नभएर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउने नागरिक समाज र गैरसरकारी संस्थाले जिम्मेवारी लिनुपर्छ । 

नेपालमा २५४ अन्तर्राष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको सो अवसरमा जानकारी दिइयो । नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् । 

आयुक्त इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास र जनताले आभास गर्ने विषय स्थानीय तहको निर्चाचनपछि मुलुकमा अभूतपूर्व रुपमा सशक्तीकरणको जागरण पैदा हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल कानुन समाज, नेपाल चेम्बर्स अफ कमर्स, राष्ट्रिय अपाङ्ग महासङ्घसहितका सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित उक्त अन्तक्र्रिया आगामी निर्वाचनको सन्दर्भभा जारी भएको आचारसंहिताको पालन, मतदाता शिक्षा, निर्वाचन कानून, उम्मेदवार बन्न आवश्यक योग्यतालगायतका विषयमा केन्द्रित रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल