बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोक"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पत्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसँग सहमति भएको हो’

१४ बैशाख २०७४, बिहीबार ०८:१०


बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिनुभएको छ । 

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उहाँले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए । 

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का बीचमा व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य स्थगित गर्ने सहमति बुधबार भएपछि सदनको बैठक बुधबार नै सञ्चालन भएको थियो । 

सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिकका विषयमा सो पार्टीका अध्यक्षमण्डलले प्रम प्रचण्डसित प्रम निवास बालुवाटारमा जिज्ञासा राखेको भेटपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिँदै आफूहरुको जनसङ्ख्याका आधारमा तराई मधेसको जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने माग यथावत् नै रहेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँले प्रम प्रचण्डले भेटमा आफूहरुलाई सरकार र प्रमुख प्रतिपक्षी दलका बीचमा सदन सञ्चालन गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई गरेको पत्रमात्र फिर्ता लिन सहमति भएको जानकारी दिनुभएको बताउनुभयो । 

उक्त दलले प्रम प्रचण्डलाई आफ्नो पार्टीको चुनाव चिह्न छातालाई मान्यता दिन निर्वाचन आयोगसित समन्वय गरिदिनसमेत आग्रह गरेको अध्यक्ष मण्डलका सदस्य महतोले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “हामीले विभिन्न छवटा पार्टी एकीकृत भई निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका बारेमा पनि प्रमलाई जानकारी गरायौँँ ।” 

संविधान संशोधन प्रस्ताव सकारात्मक: राष्ट्रिय जनता पार्टी नेपाल 

राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ । 

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो उहाँले भन्नुभयो – “प्रस्ताव सकारात्मक छ, हामी पारित गराउन सहयोग गर्छौं ।” 

प्रस्ताव पारित गराउने विषयमा प्रम प्रचण्डले भोलि ३ बजे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसित छलफलसमेत गर्न लाग्नुभएको छ । प्रम प्रचण्डलाई भेट गर्न सो दलका अध्यक्ष मण्डलहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह