बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोक"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पत्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसँग सहमति भएको हो’

२०७४, १४ बैशाख बिहीबार ०८:१०


बैशाख १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिनुभएको छ । 

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उहाँले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए । 

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का बीचमा व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य स्थगित गर्ने सहमति बुधबार भएपछि सदनको बैठक बुधबार नै सञ्चालन भएको थियो । 

सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिकका विषयमा सो पार्टीका अध्यक्षमण्डलले प्रम प्रचण्डसित प्रम निवास बालुवाटारमा जिज्ञासा राखेको भेटपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिँदै आफूहरुको जनसङ्ख्याका आधारमा तराई मधेसको जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने माग यथावत् नै रहेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँले प्रम प्रचण्डले भेटमा आफूहरुलाई सरकार र प्रमुख प्रतिपक्षी दलका बीचमा सदन सञ्चालन गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई गरेको पत्रमात्र फिर्ता लिन सहमति भएको जानकारी दिनुभएको बताउनुभयो । 

उक्त दलले प्रम प्रचण्डलाई आफ्नो पार्टीको चुनाव चिह्न छातालाई मान्यता दिन निर्वाचन आयोगसित समन्वय गरिदिनसमेत आग्रह गरेको अध्यक्ष मण्डलका सदस्य महतोले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “हामीले विभिन्न छवटा पार्टी एकीकृत भई निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका बारेमा पनि प्रमलाई जानकारी गरायौँँ ।” 

संविधान संशोधन प्रस्ताव सकारात्मक: राष्ट्रिय जनता पार्टी नेपाल 

राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ । 

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो उहाँले भन्नुभयो – “प्रस्ताव सकारात्मक छ, हामी पारित गराउन सहयोग गर्छौं ।” 

प्रस्ताव पारित गराउने विषयमा प्रम प्रचण्डले भोलि ३ बजे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसित छलफलसमेत गर्न लाग्नुभएको छ । प्रम प्रचण्डलाई भेट गर्न सो दलका अध्यक्ष मण्डलहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार