४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

१४ बैशाख २०७४, बिहीबार ०९:०२

बैशाख १४, पर्वत । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । 

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् । निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताउनुभयो । 

त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो । 

कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ । 

मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताउनुभयो । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उहाँले बताउनुभयो । उहाँले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जाने गरी आएको जानकारी दिनुभयो । 

सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो ।” 

पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । 

विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो ।  

पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ । 

उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद