बैशाख १४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताए"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्नुको विकल्प छैन: यादव

२०७४, १४ बैशाख बिहीबार १०:५५


बैशाख १४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले भने,‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले सत्तारुढ र आफूहरुवीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए । उनले भने,‘सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गैसकेको छ, यसको सैद्धान्द्धिक छलफल सुरु भैसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने,‘प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन् गरेका छौं, यदि प्रस्तवा पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिवेला निर्वाचन नहुन सक्छ।’ यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार