४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा माओवादीले उम्मेद्वारको टुङ्गो लगायो, को कहाँ परे ?

१६ बैशाख २०७४, शनिबार ०९:५८

बैशाख १६, सल्यान । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो । 

शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरी तथा बागचौर नगरपालिकाबाट प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुनलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले बताउनुभयो । 

यसैगरी दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लीलावती बुढा, कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना राना तता ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । 

कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा दिलमाया बुढा र उपाध्यक्षमा डिल्लीराज जैशी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसीलाई उम्मेदवार बनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद