४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय

१६ बैशाख २०७४, शनिबार १४:०९

बैशाख १६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ललितपुरले आज ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ । 

माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ । 

माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ । 

यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार हुनुहुन्छ । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिनुभएको छ । 

कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ । 

ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । 

परिवार दलबाट उमेदवार घोषणा 

स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तर्फबाट चार महानगरपालिका र १३ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

सो पार्टीका अनुसार महानगरपालिकातर्फ काठमाडाँैको प्रमुखमा लक्ष्मीप्रसाद भण्डारी र उपप्रमुखमा श्रीमती पुनम डङ्गोल, ललितपुरको प्रमुखमा प्रदीपसिंह थापा र उपप्रमुखमा श्रीमती सरस्वती चित्रकार, भरतपुरको प्रमुखमा राजेन्द्रप्रसाद अर्याल र उपप्रमुखमा गायत्री सुवेदी र पोखरा लेखनाथको प्रमुखमा कल्पना बराल र उपप्रमुखमा गणेश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ । 

त्यसैगरी उपमहानगरपालिकातर्फ विराटनगरको प्रमुखमा तीर्थराज घिमिरे र उपप्रमुखमा लक्ष्मी राई, धरानको प्रमुखमा सङ्गीता लावती र उपप्रमुखमा रामबहादुर लिम्बू, इटहरीको प्रमुखमा सीतादेवी ढकाल र उपप्रमुखमा अशोक चौधरी, जनकपुरको प्रमुखमा पवन शाह र उपप्रमुखमा सीतादेवी झा, वीरगन्जको प्रमुखमा दिनेशकुमार अमात्य र उपप्रमुखमा तारादेवी कुर्मीलाई उम्मेदवार बनाएको छ । 

यसैगरी कलैयाको प्रमुखमा विनेश चौधरी र उपप्रमुखमा रञ्जु देवी, जितपुर सिमराको प्रमुखमा सिन्दा ठाकुर र उपप्रमुखमा रविता अधिकारी, हेटाँैडाको प्रमुखमा सानु मोक्तान र उपप्रमुखमा मायादेवी ढकाल, नेपालगन्जको प्रमुखमा गयाप्रसाद कुमाल र उपप्रमुखमा लक्ष्मी बस्नेत, बुटवलको प्रमुखमा चन्द्रसेन यादव र उपप्रमुखमा ज्ञानु गुरुङ, घोराहीको प्रमुखमा शालिकराम चौधरी र उपप्रमुखमा मायावती चौधरी, तुल्सीपुरको प्रमुखमा विष्णु पाण्डे र उपप्रमुखमा चमेली विक, धनगढीको प्रमुखमा खडकसिंह नागरी र उपप्रमुखमा निर्मला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको सो पार्टीका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो । नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गरिने र अन्य पार्टीसँग चुनावी तालमेल हुँदा माथि उल्लिखित केही नाममा फेरबदल हुनसक्ने अध्यक्ष ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ