२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा दुई चरणमा निर्वाचन हुने

१७ बैशाख २०७४, आईतवार ०२:५६

बैशाख १७, नवलपरासी | नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । 

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हुनेछ । 

कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन् । जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । 

जसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गैडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी रहेका छन् । 

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुने छ । निर्वाचन क्षेत्र नं ४ ५ र ६ भने प्रदेश नं ५ मा पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन हुनेछ । 

क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिन्छ । 

नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् । 

जसमा स्थानीय तहअनुसार तीन नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन् । 

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने