२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक सर्यो, उम्मेदवारी दर्तालाई सहज बनाउन खोजिएको प्रधानमन्त्रीको भनाइ

२०७४, १७ बैशाख आईतवार १०:४०

बैशाख १७, काठमाडौँ | नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ । 

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो । 

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।” 

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उहाँले भन्नुभयो – “अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन ।” निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उहाँले स्मरण गराउनुभयो । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भन्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताउनुभयो र दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गर्नुभयो । 

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उहाँको तर्क थियो । 

संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउनुभयो । 

सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्काे बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ । रासस (श्रव्य सामग्री उपलब्ध छ)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे