२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन कार्की बिरुद्ध महाअभियोग दर्ता गरियो ? (यस्ता छन् ९ कारणहरु)

२०७४, १७ बैशाख आईतवार ११:३९

वैशाख १७, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध एकाएक महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएपछी राजनीतिमा ठूलो हलचल मच्चिएको छ । 

निर्वाचनको मुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले कार्की बिरुद्ध महाअभियोग दर्तामा गरेपछि उनि स्वत: निलम्बित भएकी छन् भने एमालेलाई कार्की बिरुद्धको महा अभियोग टाउको दुखाई बनेको छ ।

कांग्रेस र माओवादीका २५९ सांसदको हस्ताक्षरसहित दर्ता भएको महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि बिभिन्न ९ अभियोग लगाइएको छ ।

अभियोगका नौ कारण यस्ता छन् ?

कारण १. महाअभियोग लगाउनुमा सबैभन्दा सक्रिय भूमिका कांग्रेसले खेलेको बुझिएको छ । प्रहरी डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेदेखिनै कार्की नेपाली कांग्रेसको निशानामा परेकी थिइन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो । त्यसै समयदेखि कार्की बिरुद्ध महाअभियोग लगाउनेबारे कांग्रेसमा बहस चलेको थियो । महाअभियोग प्रस्तावमा उल्लेख भए अनुसार 'प्रधानन्याधीस कार्कीले सर्वोच्च अदालतमा रही प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी रिट निवेदनमा फैसला गर्दा नेपालको संबिधान धारा ७५ बमोजिमको मन्त्रीपरिषदको कार्यकारिणी अधिकारमा हस्तक्षेप हुनेगरि प्रहरी नियमावली २०७१ को नियम ४१ मा हुँदै नभएको प्रावधान उल्लेख  गरी नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न पाउने अधिकारमा हस्तक्षेप हुनेगरि फैशला गरेको' भनिएको छ |

कारण २. कार्की बिरुद्ध कार्यसम्पादन क्षमताको अभाव रहेको महाअभियोगमा कारण देखाइएको छ ।

कारण ३: त्यस्तै उनले व्यक्तिगत आशयबाट प्रभावित भई अदालतमा फैसला गर्ने गरेको अर्को आरोप छ ।

कारण ४. कार्की बिरुद्ध न्यायाधीशहरुमाथि फरक-फरक व्यवहार गरेको भन्ने अर्को आरोप छ ।

कारण ५: कार्की बिरुद्ध न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग समेत लगाइएको छ ।

कारण ६: कार्की बिरुद्ध न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको भन्ने आरोप छ |

कारण ७: कार्की बिरुद्ध कार्यविधि कानुनको पालना नगरेको भन्ने समेत आरोप छ |

कारण ८: कार्की बिरुद्ध न्यायालयको गरिमामा आघात पुर्याएको भन्ने आरोप छ |

कारण ९: उनि बिरुद्ध शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको र खराब आचरण गरेको जस्ता आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे