४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन कार्की बिरुद्ध महाअभियोग दर्ता गरियो ? (यस्ता छन् ९ कारणहरु)

१७ बैशाख २०७४, आईतवार ११:३९

वैशाख १७, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध एकाएक महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएपछी राजनीतिमा ठूलो हलचल मच्चिएको छ । 

निर्वाचनको मुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले कार्की बिरुद्ध महाअभियोग दर्तामा गरेपछि उनि स्वत: निलम्बित भएकी छन् भने एमालेलाई कार्की बिरुद्धको महा अभियोग टाउको दुखाई बनेको छ ।

कांग्रेस र माओवादीका २५९ सांसदको हस्ताक्षरसहित दर्ता भएको महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि बिभिन्न ९ अभियोग लगाइएको छ ।

अभियोगका नौ कारण यस्ता छन् ?

कारण १. महाअभियोग लगाउनुमा सबैभन्दा सक्रिय भूमिका कांग्रेसले खेलेको बुझिएको छ । प्रहरी डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेदेखिनै कार्की नेपाली कांग्रेसको निशानामा परेकी थिइन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो । त्यसै समयदेखि कार्की बिरुद्ध महाअभियोग लगाउनेबारे कांग्रेसमा बहस चलेको थियो । महाअभियोग प्रस्तावमा उल्लेख भए अनुसार 'प्रधानन्याधीस कार्कीले सर्वोच्च अदालतमा रही प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी रिट निवेदनमा फैसला गर्दा नेपालको संबिधान धारा ७५ बमोजिमको मन्त्रीपरिषदको कार्यकारिणी अधिकारमा हस्तक्षेप हुनेगरि प्रहरी नियमावली २०७१ को नियम ४१ मा हुँदै नभएको प्रावधान उल्लेख  गरी नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न पाउने अधिकारमा हस्तक्षेप हुनेगरि फैशला गरेको' भनिएको छ |

कारण २. कार्की बिरुद्ध कार्यसम्पादन क्षमताको अभाव रहेको महाअभियोगमा कारण देखाइएको छ ।

कारण ३: त्यस्तै उनले व्यक्तिगत आशयबाट प्रभावित भई अदालतमा फैसला गर्ने गरेको अर्को आरोप छ ।

कारण ४. कार्की बिरुद्ध न्यायाधीशहरुमाथि फरक-फरक व्यवहार गरेको भन्ने अर्को आरोप छ ।

कारण ५: कार्की बिरुद्ध न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग समेत लगाइएको छ ।

कारण ६: कार्की बिरुद्ध न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको भन्ने आरोप छ |

कारण ७: कार्की बिरुद्ध कार्यविधि कानुनको पालना नगरेको भन्ने समेत आरोप छ |

कारण ८: कार्की बिरुद्ध न्यायालयको गरिमामा आघात पुर्याएको भन्ने आरोप छ |

कारण ९: उनि बिरुद्ध शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको र खराब आचरण गरेको जस्ता आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ