बैशाख १७, नवलपरासी । देशभरि चुनावी सरगर्मी बढदै जाँदा यति बेला नवलपरासीमा चुनावी माहौल सेलाएको छ । सत्तारुढ दल र विपक्षी दलहरुको तालमेल नमिले पछि चुनाव नै अन्यौलमा पर्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, नवलपरासी । देशभरि चुनावी सरगर्मी बढदै जाँदा यति बेला नवलपरासीमा चुनावी माहौल सेलाएको छ । सत्तारुढ दल र विपक्षी दलहरुको तालमेल नमिले पछि चुनाव नै अन्यौलमा पर्द"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस कारण नवलपरासीमा सेलाउदैछ चुनावी माहौल

२०७४, १७ बैशाख आईतवार १५:१०

बैशाख १७, नवलपरासी । देशभरि चुनावी सरगर्मी बढदै जाँदा यति बेला नवलपरासीमा चुनावी माहौल सेलाएको छ । सत्तारुढ दल र विपक्षी दलहरुको तालमेल नमिले पछि चुनाव नै अन्यौलमा पर्दै चुनावी माहौल यता एक हप्तादेखि सेलाउदै गएको छ । राजपा नेपाल एकिरण भई चुनावमा जाने प्रस्ताव अगाडी सार्दासम्म जिल्लामा चुनावको निकै चर्चा परिचर्चा र उम्मेदवार समेत छनौट गर्ने काम भैरहेको थियो तर संविधान संसोधन प्रस्ताव हिजो शनिवार साँझसम्म दर्ता नभएको र शिर्ष दलहरुको गोप्य परामर्श अनुसार चुनाव नै सारेर एकैचरणमा गर्ने बाहिरी हल्लाले झनै जिल्लाको चुनावी माहौल सेलाएको पाइएको छ ।

एक साता अगाडीसम्म जिल्लाको विभिन्न चोक–चोक र गाउँ गाउँमा चुनावको चर्चा परिचर्चा थियो । शिर्ष दल नेकपा एमाले र माओबादी केन्द्र लगायतका विभिन्न दलहरु समेतले अधिकांश गाउँपालिका र नगरपालिका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु समेत छनौट गरिसकेका थिए । जिल्लाका नेता र कार्यकर्ताहरु चुनावी भागदौडमा ठाउँ ठाउँमा जागरण भेला, कार्यकर्ता भेटघाटमा जुटेका थिए । उम्मेदवार गाउँ गाउँमा चुनावी भागबण्डा लागि परेका थिए । तर अहिले सरकार र विपक्षी तथा असन्तुष्ट दलहरुको कुरा नमिलेर चुनाव नै अन्यौलमा परेपछि यहाँ चुनावको चर्चा घटदै गएको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर