२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एमालेद्धारा दार्चुलामा उम्मेदबारहरुको औपचारीक घोषणा

२०७४, १७ बैशाख आईतवार १५:५९

लोकेन्द्र प्रशाद जोशी | बैसाख १६, दार्चुला | नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा एमाले जिल्ला कमिटिका पदाधीकारीहरु, दार्चुला जिल्लाका ९ ओटै स्थानीय तहका प्रमुख उपप्रमुख पदका दाबेदार एब. उम्मेदबारहरु, गाउँपालीका प्रमुखहरु, नगरपालीकाका इन्चार्जहरु बिच अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । 

पार्टी अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित अन्तरक्रिर्या कार्यक्रमबाट चुनाबि प्रचारप्रसार अभियानलाइ जिल्लाभरी अझै ब्यापक बनाउँने निर्णय समेत गरेको प्रचार बिभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । 

अहिलेकै अवस्थामा जिल्लाका ९ ओटै स्थानीय तहमा बिजय शुनिश्चित रहेको भन्दै निर्बाचनको समयमा चलखेल हुने, मतदाताहरुलाइ अनेक भ्रम र प्रलोभनमा पार्ने गतिबिधि हुन सक्ने भन्दै सजगताकासाथ चुनाबि प्रचारप्रसारमा पुर्र्ण रुपमा केन्द्रीत हुने निष्कर्ष निकालेको बडालले बताउँनुभयो । 

यसैबिच दार्चुलामा नेकपा एमालेले स्थानिय तहको निर्वाचनका लागि जिल्लाका ७ ओटा स्थानिय तहमा अध्यक्ष र उपाध्यक्षको टुङगो लगाएको छ । दार्चला जिल्लाको १ नगरपालिका र ६ ओटा गाउपालिकामा अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारहरु छनोट भएका हुन् । 

जसमा शैल्लेशिखर नगरपालिकामा प्रमुख पदका लागि गंगादत्त जोशी उप प्रमुखका लागि माधबी कुमारी धामीलाइ सिफारिस गरिएको छ । यस्तै मालिकार्जुन गाउपालिकामा अध्यक्ष मोहन सिह धामी र उपाध्यक्ष पुष्पा अवस्थी, लेकम गाउपालीकामा अध्यक्ष प्रमानन्द जोशी र उपाध्यक्षमा द्र्रोपती जोशी, नौगाड गाउपालीकामा अध्यक्ष प्रेम सिह धामी र उपाध्यक्षमा गौरी देवी ठगुन्ना चुनाव लड्ने छन् । 

त्यसैगरी मार्मा गाउपालीकामा अध्यक्षमा देव सिह महर र उपाध्यक्षमा  कमला विष्ट, अपिहिमाल गाउपालीकामा अध्यक्ष धर्मानन्द सिह मन्याल र उपाध्यक्षमा उर्मिला वोहोरा तथा व्यास गाउपालीकामा अध्यक्ष दलिप सिह डडाल र उपाध्यक्षमा तिरा कुवरले चुनाव लड्ने नेकपा एमालेका जिल्ला कमिटि सचिव ज्ञोनेन्द्र घर्तीले जानकारी दिनु भयो । 

बाकी महाकाली नगरपालीका र दुहु गाउँपालीकामा एमालेको तर्फवाट अध्यक्षमा चुनाव लड्ने सम्भावित उम्मेदवारहरुको अन्तिम टुंगो लगाउँने बिषयमा पार्टीभित्र गहन छलफल भइरहेको भन्दै २० गतेभित्र सबै तहमा टुङगो लाग्ने एमाले दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे