४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ सेनाको आकस्मिक बैठकको निष्कर्ष र निर्णय

१८ बैशाख २०७४, सोमबार ०१:१६

बैशाख १८, काठमाडौं । सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । 

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको बैठकमा सहभागी एक उपरथीले बताए ।

उनका अनुसार तराईका जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको हो ।

उनले भने, अवस्था देश र जनताको अहितमा रहे सामनाका लागि तयार रहन प्रधानसेनापतिबाट निर्देशन भएको हो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ