४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यी हुन् बैतडीमा चुनाव चिह्न प्राप्त गर्ने १० दल (सुचिसहित)

१८ बैशाख २०७४, सोमबार ०९:३१

बैशाख १८, बैतडी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका १३ दलमध्ये १० दलले मात्र चुनाव चिह्न पाएका छन् । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका १३ दलमध्ये १० दलले मात्रै चुनाव चिह्न पाएको उल्लेख छ । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् । 

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माले, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपाल (माले–जनसमाजवादी) पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् । 

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टी सङ्घीय समाजवादी फोरम नेपालको चिह्न लिएर चुनाव लड्ने भएको छ । 

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल राष्ट्रिय पार्टी नभएकाले यिनीहरुले चुनाव चिह्न नपाएको बताउनुभयो । 

अन्य दलले चुनाव चिह्न नपाए पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ । यसैबीच, बैतडीमा १८ स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न पनि आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता