बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन सम्पन्न गर्छौँ, कुनै घटनाले रोकिँदैन: प्रधानमन्त्री

१८ बैशाख २०७४, सोमबार ११:५६

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताउनुभएको छ । 

आफ्नै निजी निवास लाजिम्पाटमा आज सिन्धुपाल्चोकमा क्रियाशील नेपाली काँग्रेस र नेकपा (एमाले)का विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभयो । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्तावका कारण निर्वाचन रोकिन्छ कि भनेर विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले भन्नुभयो “मङ्गलबार निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । पहिलो चरणमा हुने निर्वाचनका लागि प्रक्रिया सुरु हुन्छ, महाअभियोग र निर्वाचनसँग कुनै पनि साइनो सम्बन्ध छैन ।” 

प्रधानमन्त्रीले ‘प्रचण्ड’ले निर्वाचनको सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा कोही कसैले व्यक्त गर्ने आशङ्का र कुनै पनि पक्षबाट आउने आक्षेपले सरकार विचलित नहुने र निर्वाच्न गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“महाअभियोग दर्तापछि राजनीतिमा तरङ्ग आएको छ, तर महाअभियोग संसदीय प्रक्रियामा जान्छ, यसले निर्वाचनमा कुनै असर गर्दैन” उहाँले भन्नुभयो –“भोलि मनोनयन दर्ता हुन्छ र वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन, निर्वाचनमा भाग लिने सबै राजनीतिक दल भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।” 

प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आजै आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीसँग छलफल गरेको जानकारी गराउँदै राष्ट्रको आवश्यकता र जनताको चाहना निर्वाचन मात्रै रहेको बताउनुभयो । 

मधेसवादी दलले समेत निर्वाचनमा आउने इच्छा व्यक्त गरेको र पहिलो चरणको निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै लैजाने र संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउने सन्दर्भमा सहमति जनाएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले पहिलो पटक सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र त्यसका लागि माओवादी नेतृत्वको वर्तमान सरकार नै प्रमुख हिस्सेदार रहेको बताउँदै निर्वाचनलाई सफल बनाई जनताले आफ्नो अधिकार लिने बेला आएको छ भन्नुभयो । 

सो अवसरमा नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य बुद्धराज बस्नेत र स्थानीय नेता पशुपति बस्नेतको नेतृत्वमा ४० जना तथा नेकपा (एमाले)का जिल्ला समिति सदस्य दुर्गा नेपालको नेतृत्वमा २० जना, सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य राजन भोम्जन, तेजेन्द्र लामा, शङ्कराज तामाङ, लक्ष्मी तामाङ र टेकराज जोशीलगायत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । 

नवप्रवेशीलाई प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता अग्नि सापकोटा, नेता केशव नेपाल र सरल सहयात्री पौडेलले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ