बैशाख १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । 

माओवादी केन्द्रले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । 

माओवादी केन्द्रले प"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा मुखमा माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

१९ बैशाख २०७४, मंगलवार ०९:१७


बैशाख १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । 

माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । 

मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । 

उनले भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको सोधीखोजी गर्नुपर्छ, माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा अब उ कम्युनिस्ट पार्टी रहेन ।’ उनले आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको बताए । 

“नेकपा (माओवादी केन्द्र)का कुटिलहरुले अझैसम्मपनि क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउनका लागि सर्वहारा वर्गको मुक्ति र समाजवादको फलाको हाल्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित जो आफै व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति (अझ जातिवादी पनि), भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ” पोलिट्ब्युरो सदस्य अटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए । 

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् । विचारको संरक्षण गर्ने नाममा मोहनविक्रम सिंहको बाटोमा लागेको बताए । ‘क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति हुँदैन, त्यहाँ बसिरहनु समय बर्बाद पार्नु मात्र हो’ समिरले भने । 

‘क.किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । 

अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाउदै आएको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवालदीले चुनाव उपयोग गर्नेको नीति अक्रमर्णयताको उपचार भएको बताए । क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात पार्नु भन्दा विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता