ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चरिकोटमा एमाले र काङ्ग्रेसविच झण्डै झडप

१९ बैशाख २०७४, मंगलवार ०९:२८

ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

भिमेश्वर नगरपालिकाको मनोनयन दर्ताका लागि जानुपुर्व काङ्ग्रेसले निकालेको मोटरसाईकल ¥यालीलाई एमालेले पार्टी कार्यालय नजिक बाटो छेकेको भन्दै काङ्ग्रेसको पार्टी कार्यालय नजिकै एमालेको जुलुसलाई रोक्न खोज्दा दुवै पार्टीको जुलुसविच झडप हुन लागेको थियो । मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जान लागेको एमालेको जुलुसलाई काङ्ग्रेसको जुलुसले बदलाभावसहित बाटो छेकेको बताईएको छ ।

दुई पक्षविच झडपको सम्भावना बढेपछि दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीसहितको प्रहरी टोली र नागरिक समाजका अगुवा तथा पत्रकारहरुले सहजीकरण गरेपछि घटना हुनबाट रोकिएको छ । प्रहरीसहितको सहजीकरण टोलीले स्कटिङ गरेर काङ्ग्रेसको टोलीलाई सातदोबाटो र एमालेको टोलीलाई मनोनयन दर्ताका लागि पठाएपछि सम्भावित दुर्घटना रोकिएको हो ।

एमालेको जुलुसमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलको पनि सहभागिता रहेको थियो । 

अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेस मनोनयन दर्ता गरेर फर्किई सकेका छन भने नेकपा माओवादी केन्द्रले मनोनयन दर्ता गराईरहेको छ । भिमेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भरत केसी र नेपाली काङ्ग्रेसबाट इश्वर मानन्धरको मनोनयन दर्ता भएको छ ।

दोलखामा स्थानिय तह निर्वाचनका लागि २० दल दर्ता भएका छन । ती मध्ये केहि दलले आयोगबाट निर्वाचन चिन्ह नै पाएका छैन्न । जिल्लामा काङ्ग्रेस र माओवादी केन्द्रविच चुनावी तालमेल भएपछि संयुक्त प्यानल र एमालेविच चर्को प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता