ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले ज"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको भिमेश्वर नगरपालिकामा ६ दलीय र ३ स्वतन्त्रको उम्मेद्वारी दर्ता

१९ बैशाख २०७४, मंगलवार १४:४५

ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा इश्वर मानन्धर र उपप्रमुखमा सारदा थापाले मनोनयन दर्ता गरेका छन् भने माओवादी केन्द्रबाट प्रमुखमा मोहन थापा र उपप्रमुखमा कमला कार्कीको मनोनयन दर्ता भएको छ । त्यसैगरी संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको तर्फबाट प्रमुखमा नारायणभक्त श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी फुँयालको मनोनयन दर्ता भएको छ भने स्वतन्त्र हिन्दु राष्ट्रवादी पार्टीको तर्फबाट प्रमुखमा शिवहरी थापा र उपप्रमुखमा विष्णुलक्ष्मी श्रेष्ठको मनोनयन दर्ता भएको छ । त्यसैगरी राप्रपाले प्रमुखमा देवकी बुढाथोकी र उपप्रमुखमा राजनबहादुर बुढाथोकीको उम्मेदवारी दर्ता गराएको छ भने नेकपा मालेको तर्फबाट शिव शिवाकोटीले नगरप्रमुखमा मनोनयन दर्ता गराएका छन् । 

त्यसैगरी रमेश केसी, रामजी वस्नेत र हिराप्रसाद चौलागाईले स्वतन्त्र उम्मेदवारको रुपमा नगर प्रमुखमा मनोनयन दर्ता गरेका छन् भने उपप्रमुखमा खेमबहादुर थापाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भै प्रमुख कांग्रेसले र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको भनिए पनि दुबै पार्टीले प्रमुख उपप्रमुखमै उम्मेदवारी दिएका छन् । 

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेस र एमालेको जुलुस कुन रुटबाट जाने भन्ने विषयमा विवाद हुदा केहि समय तनाव उत्पन्न भएको थियो । नागरिक समाज, पत्रकार, दलका युवा नेता र प्रहरीको समन्वयमा तनाव साम्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता