२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लाभर उम्मेदवार मनोनयन दर्ता, एमालेबाट दुई बागि उम्मेदवार

२०७४, १९ बैशाख मंगलवार १६:२०

दान बहादुर बुढा | बैशाख १९, मुगु | वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य मंगलवार सकिएको छ ।

 जिल्लाको एक नगरपालिका, तिन गाउँ पालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन । छायानाथ रारा नगरपालिकाका लागि प्रमुख र उप प्रमुख पदमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रका तर्फबाट हरिजंग शाही र सुरबहादुर बुढाले मनोनयन दर्ता गराएका छन भने एमालेका तर्फबाट प्रमुखमा जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरेन्द्रबहादुर कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएका छन ।

त्यस्तेै खत्याड गाउँ पालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा लोकेन्द्र थापा र उप प्रमुखमा सरिता रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट प्रमुखमा उब्जनबहादुर शाही र उप प्रमुखमा जयानन्दा रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । दुवै पदमा बागि उम्मेदवारी मनोनयन दर्ता भएका छन । नेकपा एमालेबाट प्रमुख र उप प्रमुखको उम्मेदवारको टिकट नपाए पछि अम्मराज शाही र राजबहादुर शाहीले सुरुमा नै स्वतन्त्र उम्मेदवारका रुपमा गाउँ पालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरेको बताईएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा विर्खबहादुर थापा र उप प्रमुखमा जुनदेवी शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । 

सोरु गाउँ पालिकामा काँग्रेसबाट प्रमुखमा लोकबहादुर शाहीले मनोनयन दर्ता गराएका छन भने एमालेबाट प्रमुखमा धर्मबहादुर शाही र उप प्रमुखमा राज्यलक्ष्मी मल्ल, माओवादी केन्द्रबाट प्रमुखमा पुरनबहादुर शाही र उप प्रमुखमा विष्णुदेवी देवकाटाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । मुगुम कार्मारोङ गाउँ पालिकामा काँग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रमुखमा छिरिङक्याप्ने लामा र उप प्रमुखमा ईटोल लामाले उम्मेदवारी दर्ता गराएका छन । एमालेका तर्फबाट प्रमुखमा सोनाम लामाले प्रमुखमा मनोनयन दर्ता गराएका छन । सदरमुकाम बाहिर सञ्चार सम्पर्क त्यति राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विस्तृत विवरण बुधबारसम्म आई पुग्ने कार्यालयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै