१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा आठ थान हतियार बुझाइयो

२० बैशाख २०७४, बुधबार ११:१४

बैशाख २०, झापा । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्म आठजनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन/तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ । प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि…