बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा १२८७ उम्मेदवार,काँग्रेसको एक र एमालेको दुई सदस्य निर्विरोध

२१ बैशाख २०७४, बिहीबार ०१:५६

बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दोलखामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, नयाँ शक्तिले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले जिल्लाको सवै पदमा उम्मेदवारीका लागि मनोनय हालेको छ । काँग्रेस र माआवादी केन्द्रले केहि गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुखमा मात्र उम्मेदवारी दर्ता गराएकाछन् । यसैगरी दोलखामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएकाछन् । सबैभन्दा बढि भीमेश्वर नगरपालिकामा उम्मेदवारी मनोनय परेको छ ।

सबैभन्दा कम गौरीशंकर गाउँपालिकामा उम्मेदवारी मनोनय परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भीमेश्वरमा दोलखामा संघीय समाजवादी फोरमले केहि गाउँपालिकामा उम्मेदवारी दिएको छ । ४७ पदका लागि १ सय ८७ उम्मेदवारले मनोनयन दर्ता गराएकाछन् । भीमेश्वर नगरपालिकामा १० जनाले प्रमुख, ६ जना उपप्रमुख र ४४ वडा अध्यक्षले मनोनय दर्ता गराएकाछन् । यसैगरी गाउँपालिकाहरुमा सबैभन्दा बढि १ सय ६५ जनाको कालिञ्चोक गाउँपालिकामा उम्मेदवारी मनोनय परेको छ । ४७ पदका लागि कालिञ्चोकमा ६ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षमा मनोनयन परेको छ । यसैगरी जिरी नगरपालिकामा १ सय ६१ जनाको मनोनय परेको छ । जिरीमा ८ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी विगू गाउँपालिकामा १ सय ५६ जनाको उम्मेदवारी परेको छ ।

विगूमा ५ प्रमुख ४ उपप्रमुख र ३६ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी शैलुङमा १ सय ४५ जनाको मनोनयन दर्ता भएको छ । प्रमुखमा ७ जना र उपप्रमुख ४ जनाको उम्मेदवारी परेको छ भने ३४ वडा अध्यक्षको मनोनयन परेको छ । यसैगरी मेलुङ गाउँपालिकामा १ सय ३२ जनाको उम्मेदवारी मनोनयन दर्ता परेको छ । मेलुङमा ६ जना प्रमुख ६ जना उपप्रमुख र ३४ वडा अध्यक्षको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी तामाकेशीमा ७ जना प्रमुख र ५ जना उपप्रमुख र ३३ जना वडा अध्यक्ष सहित १ सय १सय २१ जनाको मनोनय दर्ता भएको छ । बैत्येश्वरमा ५ जना प्रमुख २ उपप्रमुख र ५४ वडा अध्यक्ष सहित १ सय ८ जनाको मनोनय दर्ता परेको छ । गौरीशंकर गाउपालिकामा प्रमुखमा सबैभन्दा कम २ जनाको मनोनयन दर्ता भएको छ । उपप्रमुखमा पनि २ जनाकै मनोनय दर्ता भएको छ भने ४५ जना वडा अध्यक्ष सहित ११२ जनाको मनोनयन दर्ता परेको छ ।

काँग्रेस र माओवादी केन्द्रको ५ गाउँपालिकामा प्रमुख र उपप्रमुख मिलाएर उम्मेदवारी दिएकाछन् । काँगे्रेसले विगू, बैत्यश्वर र तामाकोशी मेलुङ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । माओवादीले मेलुङ बाहेक विगू, बैत्येश्वर र तामाकोशी र कालिञ्चोकमा उपप्रमुख मात्र मनोनयन दर्ता गराएको छ । मेलुङमा भने मिलाउनका लागि भन्दै महिलालाई माओवादी केन्द्रले प्रमुख पदमा मनोनयन दर्ता गराएको छ । यसैगरी माओवादी केन्द्रले कालिञ्चोक र गौरीशंकर गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गरेको छ । सबै पालिकाहरुमा मिल्ने भनेपनि शैलुङ, जिरी र भीमेश्वरमा भने मिल्न बाँकी छ । यी नगरपालिका र गाउँपालिकामा दुवै दलले प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गराएकाछन् ।

तीन सदस्य निर्विरोध

निर्वाचन अघिनै जिल्ला ती पालिकाहरुमा ३ जना सदस्य पदमा निर्विरोध भएकाछन् । जिरी नगरपालिका, बैत्यश्वर र कालिञ्चोक गाउँपालिकामा दलित महिला कोटामा निर्विरोध चुनिएका हुन् । नेपाली काँग्रेसबाट दलित कोटामा वडा सदस्य मनोनयन दर्ता गराएकी बैत्यश्वर गाउँपालिकाकी ठुली कान्छी विश्वकर्मा निविरोध भएकीछिन् । बैत्यश्वर वडा नंबर १ वाट दलित महिलामा मनोनय अन्यदलको नपरेपछि उनी एक्ली उम्मेदवार बनेकी हुन् । उनको विषयमा दावी विरोध नपरेमा उनी निर्विरोध हुनेछिन् । यस्तै जिरी नगरपालिका– ४ की नेकपा एमालेका दलिम कोटामा उम्मेदवार बनेकी  नरमाया विक निर्विरोध भएकी हुन् । यस्तै कालिञ्चोक गाउँपालिका– ६ मा दलित कोटाकै छत्रमाया विक र्निािरोध भएकी हुन् । उनीहरु दुवै विरुद्ध अन्यको मनोनयन परेको छैन् । दावी विरोधमा कुनै उजुरी नपरे तीनै जना निर्विरोध हुनेछन् ।

इगौरीशंकर डटकम बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता